भिडियो

महिन्द्राको स्टलमा अवलोकनकर्ताको भीड

  बिश्वास खनाल   2019-08-30

काठमाडौं–नाडा अटो सोको तेस्रो दिन महिन्द्राको स्टलमा अवलोकनकर्ता र ग्राहकको बाक्लो उपस्थिति रहेको कम्पनीले जनाएको छ । नाडा अटो सोमा महिन्द्राले बहुप्रतीक्षित एक्सयुभी ३०० र नयाँ एमपिभी मराजोसहित टियुभी ३०० र स्कर्पियो पिकअप राखेको छ । यसपटकको अटो सोमा महिन्द्राका सबफोर मिटर एसयुभी, एक्सयुभी ३०० र नयाँ एमपिभी मराजो विशेष आकर्षणको रूपमा रहेका छन् ।


महिन्द्राले उत्पादन गरेको स्पोर्टस् युटिलिटी भेइकल (एसयुभी) ‘एक्सयुभी–३००’ र कम्पनीकोे लग्जरी मल्टिपर्पोज भेइकल (एमपिभी)  ‘मराजो’को विषयमा अवलोकनकर्ता र ग्राहकको भीड रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘एक्सयुभी–३००’ का थुप्रै फस्र्ट इन सेग्मेन्टका सातवटा एयरब्याग र चारै चक्कामा डिस्क–ब्रेक भएको सेफ्टी फिचरलगायत इबिडी तथा एबिएसजस्ता सुविधा रहेको कम्पनीले जनाएको छ ।

यसमा तपाईको मत