भिडियो

सरकारलाई सीजी कम्युनिकेसन्सको प्रश्नै प्रश्न ( भिडियो )

  बिश्वास खनाल   2020-02-09

काठमाडौँ- आइतबार दिउसो सीजी कम्युनिकेसन्सद्वारा आयोजित पत्रकार सम्मेलनमा सीजी टेलिकमले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले गत हप्ता नियमित पत्रकार सम्मेलनमा २० अर्ब तिरे सीजीले लाइसेन्स पाउने भनी दिएको अभिव्यक्ति प्रति गुनासो गरेको छ। गत हप्ता आयोजित पत्रकार सम्मेलनमा गोकुल बास्कोटाले सीजीले २०अर्ब तिरे यूनिफाइड लाइसेन्स पाउछ भन्नु भएको बिषय प्रति सीजी कम्युनिकेसन्स प्रा. ली.को गम्भिर ध्यानाकर्षण गराएको र यस बारेमा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले सरकारले लाइसेन्सका लागि राखेका पूर्वशर्त पनि सबै पुरा गरेको र तिर्नुपर्ने बक्यौता पनि एक रुपैयाँ बाँकी नरहेको दावी गरे ।
उनले भने,’हामी त सबै बक्यौता तिरेर युनिफाइड लाइसेन्स लिन तयार छौं । तर हामीलाई किन रोकिँदैछ ?’ उनले भने १० वर्षपछि अनुमति नवीकरण गर्दा तिर्नुपर्ने २० अर्बलाई लाइसेन्स लिँदा नै तिर्नुपर्ने भनेर मन्त्रीले भ्रम छर्न खोजेको चौधरीले बताए ।

सिजी टेलिकमले सरकारलाई ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्सबापत तिर्नुपर्ने रोयल्टी लगायतमा ४४ करोड रुपैयाँभन्दा बढी राजस्व तिरिसकेको भन्दै आफूहरुले युनिफाइड लाइसेन्स पाउन सक्ने गरी २००७ मै दूरसञ्चार प्राधिकरणले पत्र दिएको बताए ।
सरकारले सहज वातावरण बनाइदिए ।’‘फाइभजी रेडी नेटवर्कमा हामी आउन चाहिरहेका छौं,’ चौधरीले बताए।

यसमा तपाईको मत