भिडियो

भोलि देखि नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी (भिडियो)

  बिश्वास खनाल   2020-01-30

काठमाडौं – मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टसले संयुक्त रुपमा आयोजना गर्दै आएको नेपाल उड इन्टरनेसनल एक्सपो तथा नेपाल इन्टरनेसनल फ्युचरेक्स एन्ड होम डेकोर इन्टरनेसनल एक्सपो आयोजना हुने भएको छ।  

माघ १७ देखि १९ गतेसम्म आयोजना हुने उक्त मेला काठमाडौंस्थित भृकृटीमण्डपमा हुने मंगलबार पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी गराएको छ। मेलामा विभिन्न देशका दुई सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका एक सय ५० भन्दा बढी स्टल रहने जनाइएको छ। उक्त मेलाबाट फर्निचर, प्लाइउड तथा काठका औजार कम्पनी, डिलर, सब–डिलर र बिक्रेताले काठजन्य उत्पादनबारे जानकारी लिन सक्ने कम्पनीको भनाइ छ।

नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउन मेला पाँच वर्षदेखि गर्दै आएको कम्पनीको दाबी छ। यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा उड वर्किङ एन्ड फर्निचर बनाउने मेसिन, प्लाइउड, ढोका तथा फ्याल, फिटिङ, काठजन्य सामग्री, कच्चापदार्थ, घर तथा कार्यालय सजावटका उत्पादनको पनि उल्लेखनीय सहभागिता रहने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

मेलामा संसारभरका ख्यातिप्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा प्रविधिलाई नेपाली उद्योगमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएको कम्पनीले जनाएकोे छ। प्रदर्शनीले सानादेखि ठूला उद्योग सम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।

प्रदर्शनीमा नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरको सहभागिता रहनेछ।  प्रदर्शनीको उद्देश्य नेपालमा भएका उच्चस्तरको काठ प्रयोग गरेर फनिर्चर तथा अरु सामाग्री बनाई निर्यात गर्ने वातावरण बनाउनु रहेको कम्पनीले प्रस्ट पारेको छ।  प्रदर्शनीमार्फत नेपालको काठ तथा फर्निचर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम हुने विश्वास व्यक्त गरिएको छ।  

यसमा तपाईको मत