भिडियो

सुजुकीको भव्य सर्भिस सेन्टर डल्लुमा ( भिडियो )

  बिश्वास खनाल   2019-09-26

काठमाडौँ- सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले हालै काठमाडैंको डल्लुमा आधिकारिक सर्भिस सेन्टरको शुभारम्भ गरेको छ। उक्त सर्भिस सेन्टरको समुदघाटन श्री किन्जी साइतो, शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी तथा सिजि होल्डिङ्गसका अध्यक्ष् तथा प्रबन्ध निर्देशक श्री अरुण चौधरीले सामूहिक रुपमा गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। हालै सञ्चालनमा ल्याइएको सर्भिस सेन्टर २३३८१.५२ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ। यस सर्भिस सेन्टरमा प्रतिमहिना २००० कारको सर्भिस क्षमता रहेको छ। यहाँ ११ वटा क्षेत्रहरु रहेका छन् जसमा २ वटा एक्सप्रेस तथा १ वटा व्हिल अलाइनमेण्ट क्षेत्र रहेका छन। सुजुकीको डाइग्नोस्टिक टुल्सहरुद्वारा सुसज्जित गरिएको यस सेन्टरमा 3D wheel alignment system, Auto Break Bleader, Leakage Detector, Compressor Testing system, Wheeler Balancer, Digital Pressure Gauge, Econo Tester for Mileage Check, Refractometer, Oil Pressure Gauge तथा सुजुकीको गाइडलाइन अनुसारको सम्पूर्ण स्पेसिअल टुल्सहरु राखिएको जानकारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

सर्भिस सेन्टरमा अत्याधुनिक प्रभिधिको प्रयोग गरिएको छ भने आफ्ना सम्पूर्ण सर्भिस टिमहरुलाई उच्चस्तरीय ट्रेनिङ्ग समेत प्रदान गर्नुको साथै पिक एण्ड ड्रप सिस्टम तथा मोबाइल सर्भिस भ्यानको समेत सुबिधा उपलब्द गरिएको जानकारी गराएको छ।  

नेपालमा सुजुकीको ३७ स्थानमा सेल्स आउटलेटहरु, ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३५० भन्दा बढी Certified पार्टस् आउटलेटहरु रहेको छन् । 

यसमा तपाईको मत