घरेलु उपकरण विशेष

पहिलो नम्बरमा सामसुङ इलेक्ट्रोनिक्स

  नागरिक   2021-10-26

विश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीमा पहिलो नम्बरमा सामसुङ इलेक्ट्रोनिक्स परेको छ।

विश्वप्रसिद्ध पत्रिका फोब्र्सले हालै सार्वजनिक गरेको एक रिपोर्टअनुसार छनोटमा परेका ७ सय ५० कम्पनीलाई उछिन्दै दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफूलाई पहिलो नम्बरमा उभ्याउन सफल भएको हो।

छनोटमा परेका कम्पनीमध्ये शीर्ष २० कम्पनीको प्रतिस्पर्धामा सामसुङ अगाडि आउन सफल भएको जारी विज्ञप्तिमा उल्लेख छ। फोब्र्सले वर्षेनि सार्वजनिक गर्ने आफ्ना विभिन्न विधाका अध्ययनमा दक्षिण कोरियाली कम्पनी सामसुङ अग्र स्थान रहँदै आइरहेको छ।

फोब्र्सको छनोटमा परेका शीर्ष २० कम्पनीमा सामसुङपछि दोस्रो स्थान आइबिएमले लिन सफल भएको छ। यस्तै तेस्रोमा माइक्रोसफ्ट, त्यसपछि क्रमशः एमाजोन, एप्पल, अल्फावेट, डेल, हुवाबे, एडोव, विएमडब्लु, कोस्टको, कोकाकोला, सिस्को, एडिडास, सिमेन्स, साउथवेस्ट एयरलाइन्स, एयरबस, डा। बेइटेकर, डेसल्ट र डेल्टा कम्पनी परेका छन्।

यसमा तपाईको मत