घरेलु उपकरण विशेष

सोमबार नेपसे १७.७५ अंकले ओरालो

  नागरिक   2021-11-01

सोमबार नेप्से सूचक १७.७५ अंकले घटेर २८१९.८६ विन्दुमा झरेको छ। यस दिन २२६ कम्पनीका १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता शेयर किनबेच भएर ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबारको तुलनामा कारोबार रकम ५ करोड रुपैयाँले कम हो। आइतबार ७ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।यस दिन कारोबारमा आएका १३ उपसमुहको सूचक ३ उपसमुहको सूचक सकारात्मक देखिएको छ। बैकिङ्ग, व्यापार र लगानी उपसमुहको सूचक सकारात्मक बन्दा हाइड्रोपावर उपसमुहको सूचक सार्वधिक २.३३ प्रतिशतले घटेको छ।

दोहोरो अंकको करेन्सन देखिएपनि यस ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मानुषि लघुवित्त, साहस उर्जा र पाँचथर पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

कामना सेवा विकास बैंकको शेयरमूल्य भने सर्वाधिक ६.७२ प्रतिशतले घटेको छ। यस्तै, हिमालयन पावर पार्टनर, ग्रीनलाइफ हाइड्रोपावर, रिडी हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयरमूल्य पनि ५ प्रतिशत भन्दा धेरैले घटेको छ।

 

 

यसमा तपाईको मत