घरेलु उपकरण विशेष

कुन उपकरणको उर्जा खपत कति?

  नागरिक   2020-01-11

विद्युतीय उपकरण खरिद खर्च पछि उक्त उपकरणको प्रयोगमा विद्युतको लागि थुप्रै खर्च हुन्छ। कुन विद्युतीय उपकरणको प्रयोग गर्दा कति विद्युतको खपत हुन्छ र दिनको एक घण्टा प्रयोग गरेमा लाग्ने अनुमानित महशुलको बारेमा तल जानकारी दिईएको छ। साधारण बुझाइका लागि १०० W को कुनै उपकरण १० घण्टासम्म प्रयोग गर्दा एक युनिट विद्युत खपत हुन्छ। नेपालमा सुरुको २० युनिटसम्ममा प्रति युनिट नेरु ४.२१ देखि ५० सम्ममा प्रति युनिट नेरु ७.३० र ५१ देखि १५० सम्ममा प्रति युनिट नेरु ८.६० महसुल रहेको छ । यस लेखमा हामीले प्रति युनिट नेरु ८.६० को हिसाब लगाएका छौ । 

१.गिजर

गिजर उर्जा खपत अलि बढी हुने उपकरण मध्ये एक हो र गिजरको उर्जा खपत, गिजरको क्षमतामा भर पर्छ। धेरै क्षमता भएको गिजरको पानी तताउनका लागि धेरै समयसम्म सो गिजर धेरै समयसम्म चलाउनु पर्ने हुन्छ।

 

क्षमता

बजार मूल्य (नेरु) उर्जा खपत (W)

मासिक महसुल (नेरु)**

५ लिटर

६ हजार २००० ५२४/-
१५ लिटर १२ हजार

२०००

२५ लिटर २० हजार ३००० ७८५/-

 

**दिनको १ घण्टाको प्रयोगमा उठ्ने मासिक महसुल

 

२. विद्युतीय कित्ली 

बजारमा विविध आकार र साइजका कित्लीहरु पाइन्छन् र तिनीहरुले बेग्ला बेग्लै दरमा विद्युत खपत गर्छन्। सामान्यतया १००० W देखि २००० W सम्म विद्युत खपत गर्ने विद्युतीय कित्लीलाई दिनको १ घण्टासम्म नै  प्रयोग हुन्छ भन्न सकिदैन। 

 

 

क्षमता बजार मूल्य (नेरु) उर्जा खपत (W) मासिक महसुल(नेरु) **
१ - १.५ लिटर ६०० -१००० १०००  १५७ देखि २६१
२ - ३  लिटर १००० - १४०० १५०० १५७ देखि ३६६
५ं लिटर २००० भन्दा माथि २००० ५२४ भन्दा माथि 

 

**दिनको १ घण्टाको प्रयोगमा उठ्ने मासिक महसुल

 

३.माइक्रोवेभ 

 

दिनको एक घण्टाभन्दा बढी समयसम्म पनि प्रयोग गर्न पर्ने यस उपकरणले मासिक रुपमा अलिक बढी नै विद्युत खपत गर्न सक्छ र माइक्रोवेभको क्षमतामा भर पर्छ।

क्षमता बजार मूल्य (नेरु) उर्जा खपत (W) मासिक महसुल(नेरु)**
१० लिटर ४ हजार ६०० १५५
१५ लिटर ८ हजार १२०० ३१०
२० लिटर १२ हजार १७०० ४४५

 

**दिनको १ घण्टाको प्रयोगमा उठ्ने मासिक महसुल

 

४. मिक्सर ग्रिन्डर

मिक्सर ग्रिन्डरको उर्जा खपत माइक्रोवेभ जस्तो धेरै हुदैन र मिक्सर धेरै प्रयोग गर्नुपर्नेहरूका लागि यो राम्रो कुरा हो। ठूलो ब्लेड हुने र ठूलो साइजको मिक्सरको उर्जा खपत सानो ब्लेड हुनेको र सानो आकारको भन्दा धेरै हुन्छ। सामान्यतया मिक्सर ग्रिन्डरको उर्जा खपत जुसर भन्दा बढी हुने गर्दछ।

 

क्षमता बजार मूल्य (नेरु) उर्जा खपत (W) मासिक महसुल(नेरु)**
१ जार भएको १००० ३०० – ४०० ८०/- देखि १०५/- 
३ जार भएको

४०००

४ं+ जार भएको ६००० भन्दा माथि

 

**दिनको १ घण्टाको प्रयोगमा उठ्ने मासिक महसुल

 

५. वाशिंग मेसिन 

वाशिंग मेसिन पनि दैनिक रुपमा प्रयोग हुने विद्युतीय उपकरण हो । एक घण्टाको प्रयोगले नै घरको सम्पूर्ण कपडाहरु धुन सकिने भएकाले चक्रो महसुलको धेरै चिन्ता लिनु पर्दैन।

 

क्षमता

बजार मूल्य (नेरु)

उर्जा खपत (W)

मासिक महसुल(नेरु)**
५-६ केजी २० देखि ४० हजार ५०० १३०/-
७-८ केजी ४० देखि ७० हजार
९-१० केजी ७० हजार देखि १ लाख

 

**दिनको १ घण्टाको प्रयोगमा उठ्ने मासिक महसुल

६.भ्याकुम क्लिनर

अन्य थुप्रै उपकरणजस्तै भ्याकुम क्लिनरको उर्जा खपत पनि यसको क्षमतामा भर पर्छ । सानो भ्याकुमले ५०० W सम्म थोरै विद्युत खपत गर्छ भने ठूलाले ३००० W सम्म पनि उर्जा खपत गर्न सक्छ। 

क्षमता बजार मूल्य (नेरु) उर्जा खपत (W) मासिक महसुल (नेरु)**
सानो (२ -४ लिटर) ५ हजार – ७ हजार ५००-१०००   १३० - २६१ सम्म 
ठूलो (६-१० लिटर) १० हजार – २० हजार १४०० - ३००० ३६६ - ७८६ सम्म 

 

**दिनको १ घण्टाको प्रयोगमा उठ्ने मासिक महसुल

 

७. इन्डक्सन चुल्हो 

इन्डक्सन चुल्हो दिन कै प्रयोग हुन्छ र यहाँ उल्लेख गरे जस्तै यसको प्रयोग दिनको १ घण्टा मात्र सिमित हुदैन । इन्डक्सन चुल्हो दिन कै प्रयोग गर्नु पर्ने र यसको उर्जा खपत पनि अन्य उपकरणहरुको भन्दा निकै बढी भएकाले यसको प्रयोग महँगो नै पर्न जान्छ।

 

 

क्षमता बजार मूल्य(नेरु) उर्जा खपत (W) मासिक महसुल(नेरु)**
सिङ्गल चुल्हो ३ हजार- ५ हजार २००० ५२४/-
डबल चुल्हो ६ हजार - १० हजार ४००० १०५०/-

 

**दिनको १ घण्टाको प्रयोगमा उठ्ने मासिक महसुल

८.अन्य उपकरणको उर्जा खपत:

उपकरण उर्जा खपत (W) मासिक महसुल (नेरु)**
फ्रिज १५० - ४०० ४०/- देखि १०५/-
ए.सी १००० - ४००० २६१/- देखि १०५०/-
कम्प्युटर १०० - ४५० २७/- देखि ११८/-
पंखा २५ - ७५ ७/- देखि २१/-
इस्त्री १००० २६१/-
ल्यापटप ५० - १५० १३/- देखि ४०/-
राइस कुकर ५०० - १००० १३०/- देखि २६१/-
राउटर ५ – १५ २ /-देखि ६/-

 

**दिनको १ घण्टाको प्रयोगमा उठ्ने मासिक महसुल

 

 

यसमा तपाईको मत