घरेलु उपकरण विशेष

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

  नागरिक   2019-11-13

काठमाडौं– एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । 
एआई डिडीका फाइदाका साथ यी सबै नयाँ वासरले कोमल धुलाइ गर्नुका साथै छिटो र राम्रो परिणाम दिने कम्पनीले जनाएको छ । एलजीका एआई डिडी प्रविधिले धुलाइमा गज्जबको परिणाम दिने र लुगाअनुसार अनुकूल गरी प्रदर्शन गर्ने कम्पनीको दाबी छ । वासिङ मेसिनबाट धुलाइमा हुने रङ परिवर्तनको समस्यालाई नहुने र यो मेसिनबाट धोएका कपडा खराब हुनबाट १८ प्रतिशतसम्म जोगिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
एलजीका टर्बाे वास सुविधाले लुगा धुलाइको काम छोटो समयमै सम्पन्न गर्ने र सफा बनाउने कम्पनीले जनाएको छ ।  ३९ मिनेटमा यसको थ्री डी मल्टिस्प्रेले लुगा सफा बनाउनुका साथै विद्युत खपतमा कमी ल्याउने जनाइएको छ । उपभोक्ताले उक्त वासिङ मेसिन खरिदमा आफ्नो महत्वपपूर्ण समय र विद्युतीय बिल बचाउन उत्पादनबाट सहयोग पुग्ने कम्पनीको अपेक्षा रहेको छ । एलजी एआई डिडी वासिङ मेसिन एलजी मिनीवास सुविधासँग आउँछ र जसले दुइतर्फी धुलाइ गज्ज्बसँग गर्छ । एलजीका इन्भर्टर टेक्नोलोजीले यसको स्थायित्व र दक्षतालाई अझ बढाउने उल्लेख छ । कम्पनीले उक्त मेसिनमा १० वर्षको वारेन्टी रहेको जनाएको छ । एलजी एआइ डिडी वासरले आवाजलाई चिनेर पनि काम गर्छ जो एआई स्पिकसँग जडित छ ।
थिंक क्यू एआई र डाइरेक्ट ड्राइभ टेक्नोलोजीको मेलले उपभोक्तालाई पहिलेको प्रविधिभन्दा अझ धेरै सजिलो बनाएको कम्पनीको भनाइ छ । 
 

यसमा तपाईको मत