घरेलु उपकरण विशेष

एल.जी.को कन्डेन्सर ड्रायर नेपाली बजारमा

  नागरिक   2019-12-03

काठमाडौँ- एल.जी. ब्राण्डका वासिङ्ग मेसिन नेपाली बजारमा सवार्धिक विक्री हुने वासिङ्ग मेसिन रहेको हो। उपभोक्ताको माग ध्यानमा राखि एल.जी.ले कन्डेन्सर ड्रायर नेपाली बजारमा ल्याएको छ । 
यस कन्डेन्सर ड्रायर मा सेन्सर ड्रायर टेक्नोलोजि छ, जसले लुगामा भएको ओसलाई पत्ता लगाएर सहि तापक्रम र समय छनौट गरेर कपडालाई सुकाउछ । साथै यसमा ठूलो ड्रमको क्षमता रहेको छ , जसमा धेरै लुगाहरु एकै चोटीमा सुकाउन सकिन्छ । र्याक निर्मित भएकोले नाजुक कपडा, कपडाको खेलौना साथै जुत्ताहरु नघुमाईकन सुकाउने जानकारी कम्पनीद्वारा जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
ट्रु स्टिम र २ वे टम्बिलिङ टेक्नोलोजिले किटाणु रहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउछ । यस कन्डेन्सर ड्रायरलाई आफ्नो घरमा रहेको एल.जीको वासिङ्ग मेसिन सँगै सजिलै जडान गर्न सकिन्छ । 
साथै एल.जी.सँग वासर ड्रायर भएको वासिङ्ग मेसिन पनि उपलब्ध छ, जस्ले कपडा धुनुका साथ साथै १००प्रतिशत सुकाउने कम्पनीले जनाएको छ।
 

यसमा तपाईको मत