घरेलु उपकरण विशेष

करिश्मा मानन्धरले नेपालमा भित्र्याईन् इन्टेक्स ब्राण्ड

  नागरिक   2021-09-02

नेपाली सिनेमा जगत्की नायिका करिश्मा मानन्धरले अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल इन्टेक्स ब्राण्डका इलोट्रोनिक सामान नेपाली बजारमा भित्र्याएकी छिन्। रिसिक डेडिङ कन्र्सनकी म्यानेजिङ डाइरेक्टर समेत रहेकी मानन्धरले घरायासी रुपमा प्रयोग हुने रोज्दा उपभोक्ताले अबदेखि यो ब्रान्ड रोज्नेमा आफू विश्वस्त रहेको उनले बताएकी छिन्।

रिसिक डेडिङ कन्र्सन प्रालि नेपालको आधिकारिक विक्रेताको रुपमा रहेको छ भने उक्त कम्पनी विश्व बजारमा आधिकारिक र भरपर्दो रहेको छ । यस कम्पनीले परिवारका लागि आवश्यक सामानहरु उत्पादन गर्दै विश्व बजारमा उपलब्ध समेत गराउँदै आएको छ।

यस ब्रान्डका सामानहरु विश्व बजारमा २५ वर्ष अघिबाट उपलब्ध भएतापनि नेपालमा भने होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक भित्रिएको हो । आठ वर्ष अगाडि यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन् २०१५ मा नेपाल र भारतमा नम्बर वान ब्रान्डको रुपमा स्थापित भएको थियो ।

यस ब्राण्डको क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको इन्टेक्स ब्राण्डका अन्र्तराष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले जानकारी दिए। इन्टेक्स ब्राण्डका सामानको एक वर्षदेखि १० वर्षसम्म वारेन्टी रहेको अग्रवालको भनाइ छ। आधिकारिक रुपमा भित्रिएको उक्त व्रान्डलाई नम्बर एक बनाउने प्रयासमा रहेको अग्रवाल बताउँछन्। उक्त कम्पनीले देशभर  नै सर्भिस सेन्टरहरुको स्थापना गरिसकेको छ। वेस्ट क्वालिटी र गुणस्तरीय सामान उपभोक्तालाई दिनु नै कम्पनीको उद्देश्य रहेको छ।

यसमा तपाईको मत