घरेलु उपकरण विशेष

घरेलु उपकरणका लागि वास्तु

  नागरिक   2018-11-14

वास्तुशास्त्र प्राचीन विज्ञान हो । वास्तुको अर्थ हुन्छ आवास गृह । अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश । यसर्थ, ‘वास्तुशास्त्र’ भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ ।

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । विद्युतीय उपकरणको वास्तु पनि घर निर्माण जत्तिकै महवपूर्ण हुन्छ । विद्युतीय उपकरणहरू वास्तुअनुसार नराखेमा घरमा नकरात्मक ऊर्जा पैदा हुनसक्छ र घरमा सुख, शान्ति र समृद्धि कायम नहुन सक्छ । घरका विभिन्न उपकरणको वास्तु तल दिइएको छ –


१. भान्साका उपकरणको वास्तु :

वास्तुअनुसार भान्सा कोठाको पवित्रता तथा स्वच्छता कुनै मन्दिरको भन्दा कम हुँदैन । भान्सामा विभिन्न प्रकारका उपकरण राख्दा र प्रयोग गर्दा वास्तुको विशेष ध्यान दिनुपर्छ । वास्तुअनुसार भान्सा कोठामा प्रयोग गरिने सबै उपकरण दक्षिण–पूर्व भागमा राखिनुपर्छ । फ्रिज दक्षिण–पूर्व, दक्षिण र उत्तरभागमा भएको राम्रो मानिन्छ । हिटर, ओभन, माइक्रोवेभ, मिक्स्चर, ग्राइन्डर आदि पनि दक्षिण–पूर्व कि त उत्तरतर्फ राखिनुपर्छ । धुवा निकास गर्ने पंखा भने दक्षिणपूर्व कुनाको पूर्व भित्तामा राख्नुपर्छ ।

२. टिभीको वास्तु :

वास्तुशास्त्रका अनुसार टिभीलाई कोठाको दक्षिण–पूर्वतर्फ राखिनुपर्छ । वास्तुअनुसार टिभीलाई कहिल्लै पनि उत्तर–पूर्व र दक्षिण–पश्चिमको भागमा राख्नु हुँदैन । टिभी शयनकक्षमा राख्नु अनुचित मानिन्छ । टिभी शयनकक्षमा राख्नुपरेमा पलङको उल्टोपट्टि चाहिँ राख्नुहुँदैन । वास्तुअनुसार पलङको अगाडि ऐना राख्नु एकदमै अनुचित हुन्छ र टिभीले पनि ऐनाजस्तै काम गर्छ ।  


३. कुलर, टेलिफोन र एसीको वास्तु :

घरको कुनै पनि कोठामा कुलर र एसी राख्दा पश्चिम वा उत्तर दिशामा राख्नुपर्छ । यिनीहरूलाई कहिल्यै पनि घरको दक्षिणतर्फ र उत्तर–पश्चितर्फ राख्नु हँुदैन नत्र यसले नकरात्मक ऊर्जा पैदा गर्न सक्छ । घरको ल्याण्डलाइन टेलिफोनलाई भने घरको पूर्व, उत्तर कि दक्षिण–पूर्वतर्फ राखिनुपर्छ । वस्तुअनुसार टेलिफोनलाई दक्षिण–पश्चिम र उत्तर–पूर्व भागमा राख्नुहुँदैन ।  


४. गिजर र हिटरको वास्तु :

गिजर र हिटरलाई घरको दक्षिण–पूर्व भागमा राख्नु राम्रो मानिन्छ । यसका स्विच बोर्डहरूलाई पनि वाथरूमको दक्षिण–पूर्र्वी कुनामा राख्नुपर्छ । यसका साथै घरको वासिंग मेसिनलाई उत्तर–पश्चिम कि दक्षिण–पूर्व भागमा राख्नु उचित हुन्छ ।


५. कम्प्युटर र लाइटको वास्तु :

वास्तुशास्त्रका अनुसार कम्प्युटरलाई घर को दक्षिण–पूर्वको कुनामा राख्नु उचित हुन्छ । कम्प्युटरलाई पनि टिभी जस्तै पलङको सीधा अगाडि राख्नुहुँदैन ।  
घरको लाइटहरू भने चहकिला हुनुपर्छ । शयनकोठामा भने अन्यभन्दा अलि मधुरो लाइट हुनु राम्रो मानिन्छ । यसले सुत्ने बेलामा आनन्दको अनुभूति प्रदान गर्छ । घरका लाइटहरू उत्तर र पूर्व भित्तामा फिट गर्नु उचित हुन्छ ।  लाइट फिट गर्दा दक्षिण–पूर्व भित्तामा राख्नुहँुदैन ।

 

यसमा तपाईको मत