घरेलु उपकरण विशेष

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

    2019-06-14

काठमाडौँ- हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ। हामिले जानी नजानी जे पनि भेट्छौ ताजा हुन्छ भन्ने भ्रममा फ्रीजमा राख्ने गर्छौ जुन हानिकारक पनि हुन सक्छ। त्यस्ता वस्तुहरुलाई फ्रिजमा नराख्दानै उपयुक्त हुन्छ।   

 १)गोलभेंडा:  फ्रिजको गन्ध गोलभेँडाको पातलो झिल्लीबाट भित्र छिरी गोलभेँडाको स्वाद नै बिगारिदिन्छ। त्यसैले यसलाई ओसिलो ठाउँमा एउटा भाँडामा राख्दा नै उचित हुन्छ।

२) आलु :  विशेष गरी आलु चिसो अनि अँध्यारो ठाउँमा राखिन्छ । तर फ्रिजमा धेरै चिसो हुन्छ । फ्रिजको चिसोले आलुमा भएको स्टार्च चिनीमा बदलिन्छ अनि स्वाद पनि रहँदैन । त्यसैले आलुलाई फ्रिजमा राख्नुहुँदैन ।

 ३) लसुन प्याज :लसुन प्याज फ्रिजमा राख्दा चाँडोभन्दा चाँडो ढुसी लाग्दछ । त्यसैले लसुन प्याज फ्रिजमा राख्नु हुँदैन।


 
४) तरबुजा: तरबुजा जस्ता फलफूल फ्रिजमा राख्नुहुँदैन । फ्रिजले ती फलफूलमा निहित तत्वलाई घटाउँछ। त्यसैले यिनीहरुलाई कोठाकै तापक्रममा राख्दा राम्रो हुन्छ।


 
५) मह : विश्वकै एकमात्र मह यस्तो चिज हो, जसलाई हामीले जति लामो समयसम्म पनि स्टोररुममा राख्न सक्छौं।यो कहिल्यै बिग्रिदैन । यसलाई फ्रिजमा राख्दा यसको स्वादिलोपन घट्छ।


 
६) पाउरोटी : पाउरोटीलाई पनि मानिसहरुले फ्रिजमा राख्ने गर्दछन् जुन कुरा नितान्त गलत हो । पाउरोटीलाई फ्रिजले अझ धेरै सुख्खा बनाउछ।

७) बदाम : बदामलाई कोठाकै तापक्रममा राख्न सकिन्छ । यसलाई फ्रिजमा राख्दा यसको स्वादमा घटबढ हुन जान्छ।


 
८ )सस वा केचअप : सस वा केचअपको बिर्को खोलिसकेपछि पनि ३ वर्षसम्म ताजा नै बसिरहन्छ, जसको लागि फ्रिजको आवश्यकता नै पर्दैन।

 

९)स्याउ : स्याउलाई केही हप्तासम्म टेबलमै सजाएर राख्न सकिन्छ । तर स्याउलाई फ्रिजमा राख्दा यसको कुर्मुरेपन हराएर जान्छ।


 
१०)  केरा : काँचो केरालाई हावा नछिर्ने गरी गुम्स्याएर राख्दा चाँडै पाक्छ, फ्रिजभित्र राख्नुहुँदैन।

 

गोलभेंडा
आलु 
लसुन प्याज
तरबुजा
मह
पाउरोटी
बदाम 
सस वा केचअप
स्याउ
केरा

यसमा तपाईको मत