अन्य

सुरक्षा चुनौतीलाई ध्यान दिदैं बुद्ध एयर

    2019-05-09

काठमाडौं– आन्तरिक उडानमा नीजि क्षेत्रका विमान कम्पनीमध्यमा बलियो पकड बनाउँदै आएको बुद्ध एयरले आफ्नो उडानको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। नेपाली आकाशमा यसअघि ठूल्ठूला दुर्घटना हुन थालेपछि बुद्ध एयरले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आफ्ना कर्मचारीलाई दक्ष बनाउन तालिम सञ्चालन गर्दै आइरहेको छ। उक्त विमान कम्पनीले आफ्ना कर्मचारीलाई वर्षको दुई पटक तालिम र रिफ्रेसमेन्ट दिदैं आएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए। उनका अनुसार तालिमको मुख्य उदेश्य आफ्ना स्टाफलाई मानसिक तनावको कारण या प्राविधिक समस्याको कारणले हवाई सुरक्षा चुनौतीमा धक्का नपुगोस र हवाई सुरक्षा चुनौती न्यूनीकरण गर्नु हो। उनले भने, ‘नेपालको भूगोल परिवेशलाई हेर्ने हो भने नेपाली आकाश असुरक्षित छ।’ सुरक्षाको हिसाबले उच्च जोखिममा छ।’

उक्त कम्पनीले अशक्त, अपाङ्ग र बिरामीको लागि (राम)को व्यवस्था गरेको जनाएको छ। प्रवक्ता कर्णका अनुसार शारीरिक रुपले अशक्त बिरामीहरुले सजिलैसँग यसको प्रयोग गरेर बिमानभित्र जान र आउन सक्ने बताए। बुद्ध एयरले कोलकत्तामा पनि उडान भर्ने ६ बर्ष अघिदेखि बुद्ध एयरले काठमाडौंबाट भारतको बनारस उडान भर्दै आएको छ। राष्ट्रिय स्तरको उडानबाट सुरु भएको उक्त कम्पनीको उडान यात्रा अन्तर्राष्ट्रिय भइसके छ। आउँदो जेठ १३ गते (मे २७) बाट भारतको कोलकत्तामा उडान भर्ने कर्णले बताए। त्यस्तै साउन (अगस्ट) महिनाबाट भारतको गुवाहाटीमा पनि उडान भर्ने योजनामा रहेको जनाएको छ। नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन पर्यटकलाई भारतको बाटो नेपाल आउने वातावरण सिर्जना गरेको बुद्ध एयरले बताएको छ।अन्तर्राष्ट्रिय उडानलाई विस्तार गर्दै गरेको बुद्ध एयरले पर्यटक भित्र्याउनमा टेवा पुग्ने कर्णको भनाई छ।

के गर्दै छ बुद्ध एयर?

– वर्षको दुई पटक पाइलटहरुलाई तालिम तथा रिफ्रेसमेन्ट

– पाइलटलाई नियमित स्वास्थ्य परिक्षण।

– हरेक उडानको निरीक्षण ग्राउण्डबाटै गरिन्छा

– दक्ष जनशक्तिलाई मात्र उडान भर्न अनुमति दिइन्छ।

– हवाईजहाजको सम्पूर्ण मर्मतसम्भार आफैले गर्ने।

– भौतिक पूर्वाधारमा विशेष प्राथमिकता दिइएको छ।

– एयरपोर्टमा आफ्नै ह्याङ्गर

                                                                                                                                              ( प्रायोजित )

यसमा तपाईको मत