अन्य

कामना सेवाको अनलाइन डिम्याट

  नागरिक   2021-10-07

कामना सेवा विकास बैंकले अनलाइनमार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ। बैंकमा बचत खाता भएका ग्राहकले घरमै बसेर अनलाइनमार्फत डिम्याट खाता तथा मेरो सेयर खोल्न सक्नेछन्।

अनलाइनमार्फत खाताका लागि आवेदन दिएको केही समयमै डिम्याट खाता खोलिने व्यवस्था रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ। बैंकमा खाता नभएका ग्राहकले भने अनलाइनबाटै उच्चतम ब्याजदरसहितको नयाँ शुभलाभ लगानी बचत खाता खोली यो सुविधा उपभोग गर्न सक्नेछन्।

जसअन्तर्गत ग्राहकले पहिलो वर्ष निस्शुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ तथा लकर सुविधासमेत पाउन सक्नेछन्। 

यसमा तपाईको मत