अन्य

महालक्ष्मी विकास बैंकले टाटा गाडी किन्न कर्जा दिने

  नागरिक   2021-08-22

महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ प्रालिसँग सम्झौता गरेको छ। 

शुक्रबार बैंक र कम्पनीबीच सम्झौता भएको हो। अब सिप्रदी ट्रेडिङ प्रालिबाट ग्राहकले टाटा ब्रान्डका गाडी किन्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा पाइन्छ। टाटाका गाडी किन्ने ग्राहकलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ। 

गाडीको मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिने पनि बैंकको विज्ञप्तिमा उल्लेख छ। महालक्ष्मी विकास बैंकले १०३ वटा शाखाबाट सेवा दिइरहेको छ। गाडी कर्जा सुविधा ती सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ।

यसमा तपाईको मत