अटो विशेष

यस्तो छ जीप कम्पासको नेपाली बजार मूल्य

  नागरिक   2018-09-26

नेपालमा पहिलोपटक आधिकारिक रुपमा आउन लागेको जीप ब्राण्डको गाडी हो जीप कम्पास | जीप कम्पास एक मध्यम साइज भएको फिचर युक्त र शक्तिशाली एसयुभी हो । सन् २००७ बाट नै सुरु भएको यस एसयुभी लाइनअपमा हुदै आएको क्रमागत सुधारका सहायताले गर्दा आज जीप कम्पास एक उल्लेखनीय एसयुभी विकल्प बन्न पुगेको छ ।
पारिवारिक एसयुभीको बजारलाई लक्षित गरेर रिलिज गरिएको यस एसयुभीले नेपालमा पहिल्यैबाट स्थापित र प्रचलित महिन्द्रा, ह्युन्ड़े,किया, फोर्ड, रेनाल्ट आदि कम्पनीका एसयुभीसंग प्रतिस्पर्धा गर्नेछ । हालै जीप कम्पासका तीनवटा मोडलहरु रहेका छन् - कम्पास स्पोर्ट, कम्पास लोंगीट्युड र कम्पास लिमिटेड | यी मोडलहरुमा अत्यधिक कुराहरु समान छन् भने भिन्नता चाहिँ ट्रान्समिसन, साइज र केहि फिचरहरुमा सिमित रहेको छ |

मूल्य

पेट्रोल :

जीप कम्पास स्पोर्ट पेट्रोल : नेरु ६८,५०,०००
जीप कम्पास लिमिटेड पेट्रोल DDCT AT: नेरु ८५,५०,०००
जीप कम्पास लिमिटेड पेट्रोल (O) DDCT AT : नेरु ८९,००,०००

डिजेल :

जीप कम्पास स्पोर्ट : नेरु ७४,९०,०००
जीप कम्पास लोंगीट्युड : नेरु ७८,५०,०००
जीप कम्पास लोंगीट्युड (O): नेरु ७९,९०,०००
जीप कम्पास लिमिटेड (४x२): नेरु ८६,९०,०००
जीप कम्पास लिमिटेड (४x२) (O) : नेरु ८८,९०,०००
जीप कम्पास लिमिटेड (४x४): नेरु ९३,५०,०००
जीप कम्पास लिमिटेड (४x४)(O):नेरु ९६,५०,०००

जीप कम्पास

 

जीप कम्पासको पूर्ण जानकारीका लागि माथिको तस्विरमा क्लिक गर्नुहोस् |

 

यसमा तपाईको मत