अटो विशेष

सुन्दर ट्रेडर्सको इलेक्ट्रिक स्कुटर सार्वजनिक

  नागरिक   2021-10-28

बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सुन्दर ट्रेडर्सले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो। स्कुटर सार्वजनिक गरेपछि सुन्दर ट्रेडर्स प्रा.लि.का अध्यक्ष भेषबहादुर थापाले यो स्कुटरको चार्ज, ब्याट्रीको बारेमा जीपीएसबाट हेर्न सकिने बताए। यो स्कुटरको वारेन्टी ५ वर्षको हुने र यसका पार्टपूर्जाहरु पनि सस्तो रहेको उनले भने।

उनले अबको महिना दिनमा सुन्दर यातायात प्रा.लि.ले पठाओको झैँ सेवा सुचारु गर्ने बताउँदै त्यसका लागि २५० वटा मोटरसाइकलहरु तयार गरेको बताए।

यसमा तपाईको मत