घर निर्माण विशेष

घर निर्माण सामग्री

  नागरिक   2018-04-09

बर्षौको बचत र मेहनत पछि आफ्नै घर बनाउनुको अनुभूति बेग्लै हुन्छ। घर अहिलेको चलेको प्रवृत्ति र आगामी पुस्तामा आउन सक्ने परिवर्तन दुवैलाई ध्यानमा राखेर बनाउनु उचित हुन्छ। आफ्नो बजेट भित्र सम्भव हुने सबैभन्दा उत्कृष्ट घर निर्माण गर्नका लागि घर बनाउन लाग्ने निर्माण सामग्रीहरुको मात्रा र मूल्य, बजार ट्रेन्ड, डिजाइन गर्दा लाग्ने खर्च, घर बनाउन लाग्न सक्ने समय आदि जस्ता विविध कुराहरुको जानकारी हुनुपर्छ। यस लेखमा घर बनाउन लाग्ने निर्माण सामग्रीहरुको बारेमा बिस्तृत जानकारी दिईएको छ।

नेपालको सन्दर्भमा घरहरु कंक्रिट , टि. एम्. टि. छड र इट्टाबाट बनाइन्छ। यसर्थ, यस लेखमा हामी यी  कुराहरुमा मात्र सिमित हुन्छौ।  

 

सिमेन्ट

कंक्रिटको घर बनाउदा सबैभन्दा बढी प्रयोगमा आउने कुरा हो सिमेन्ट। वास्तवमा कंक्रिट भन्नाले गिट्टी, बालुवा, सिमेन्ट र पानीको मिश्रणलाई बुझिन्छ। सिमेन्ट अन्यको तुलनामा धेरै महँगो हुन्छ र घर निर्माणको अत्याधिक बजेट पनि सिमेन्ट खरिद गर्दा नै सकिन्छ।

सिमेन्ट पनि विभिन्न थरिका हुन्छन। नेपाली बजारमा जगदम्बाले ३ प्रकारका सिमेन्टहरु उपलब्ध गराएको छ । OPC, PPC र PSC - यी तीनवटै सिमेन्टको आ-आफ्नै बेग्लै प्रयोग र विशेषताहरु रहको छ।

OPC भन्नाले अर्डीनरी पोर्टल्याण्ड सिमेन्टलाई (Ordinary Portland Cement) बुझिन्छ। यो सिमेन्टमा ९५% सिमेन्ट र ५% जिप्सम हुन्छ। OPC सिमेन्ट ठूला घर, सडक र आदि संरचनाको निर्माणको लागि कंक्रिट बनाउनलाई प्रयोग गरिन्छ। सिमेन्टको बोरामा हुने IS चिन्ह कालो छ भने सो सिमेन्ट OPC हो। OPC सिमेन्ट PPC भन्दा चाडो सेट हुन्छ।

PPC भन्नाले पोर्टल्याण्ड पोज्जोलाना सिमेन्ट (Portland Pozzolana Cement) बुझिन्छ। यो सिमेन्टमा ७५% सिमेन्ट, २०% फ्लाईयास र ५% जिप्सम प्रयोग गरिएको हुन्छ। PPC सिमेन्ट मुख्यत: प्लास्टर गर्दा, इट्टा र ढुंगाको काम गर्दाका लागि बनाईन्छ। यसलाई घरको स्ल्याब, पिलर र बिम बनाउनका लागि पनि प्रयोग गरिन्छ। सिमेन्टको बोरामा हुने IS चिन्ह रातो छ भने सो सिमेन्ट PPC हो। 

PSC भन्नाले पोर्टल्याण्ड स्ल्याग सिमेन्ट (Portland Slag Cement) बुझिन्छ। यो सिमेन्टमा ४५-५०% स्ल्याग, ५०% क्लिन्कर र ३-५% जिप्सम हुन्छ। यसको रासायनिक बनोटले गर्दा यसलाई जस्तो सुकै संरचना निर्माणका लागि पनि प्रयोग गर्न योग्य ठानिन्छ। यो ठूला ठूला संरचनाको जग, पुलको पिलर, सडक आदि बनाउनका लागि प्रयोग गरिन्छ।

 

टि. एम्. टि.

टि. एम्. टि. छड घरको मेरुदण्ड हो। यसको प्रयोग घरको पिलर, जग, बिम आदि बनाउनमा प्रयोग गरिन्छ। सन् २००२ मा नेपालमै पहिलो पटक टिएमटी अर्थात् (थर्मोमेकानिकल्ली) ट्रिएटेड स्टिल उत्पादन सुरु गरेको हो । यस किमिसको छडमा भूकम्पजस्ता जोखिममा समेत आफूलाई लचक बनाउने क्षमता हुन्छ । टि. एम्. टि. अर्थात TMT(Thermo Mechanically Treated) भन्नाले बिशेष तरिकाले बनाईएको स्टिल छड हो जुन अन्यभन्दा यसमा उच्च शक्ति र टिकाउपन र लचकता हुन्छ। टि. एम्. टि. स्टिलबाट प्राप्त हुने लचकता र मजबुतीको एक प्रेरित दृष्टिकोणका लागि यहाँ क्लिक गर्नुहोस्: 

 

टि. एम्. टि. छड प्रयोग गर्नुको फाइदाहरु यस प्रकार रहेका छन्:

  • अन्य छड भन्दा भारवाहन क्षमाता बढी भएको
  • भूकम्प प्रतिरोधी
  • धेरै तापले सहन क्षमता भएको  
  • अन्यभन्दा सस्तो
  • धेरै लचिलो
  • वेल्डिंग गर्न सजिलो

 

स्ट्रक्चरल स्टिल

स्ट्रक्चरल स्टिल अर्थात् लाइट गेज स्टिल स्टिलको एउटा यस्तो किसिम हो जसबाट विविध आकार र बनोटका संरचनाहरु बनाउन सकिन्छ | यस्तो स्ट्रक्चरल स्टिलमा उच्च शक्ति, टिकाउपन र लचकता हुन्छ | भवन निर्माणमा यो स्टिलको उपयोग गर्नु भनेको सशक्त, टिकाउ, लचकदार र सुरक्षित भवन बनाउनु हो | २०७२को भूकम्प पछि नेपालमा स्ट्रक्चरल स्टिलको महत्व बढी रहेको अनुभव भई पञ्चकन्याले पहिलो पटक स्ट्रक्चरल स्टिल उत्पादन र बिक्रि सुरु गरको थियो | स्ट्रक्चरल स्टिलको प्रयोगबाट प्राप्त हुने लचकता र मजबुतीको एक प्रेरित दृष्टिकोणका लागि यहाँ क्लिक गर्नुहोस्: https://goo.gl/EW4aJW 

 

पाइप

 

घरको नलसाजी गर्दा बिशेष होसियारी पुर्याउनु पर्छ र राम्रो गुणस्तरीय पाइपको मात्र प्रयोग गर्नु राम्रो हुन्छ। अन्यथा, प्लम्बिंगको गडबडीले गरेर घरमा पानी सम्बन्धी समस्या आइरहन्छ। पाइपहरु पनि विभिन्न किसिमका हुन्छन । धेरै पहिले देखि चलिआएको फलामे पाइप आज भोली घरमा खासै प्रयोग हुन छाडी सक्यो। यसको प्रतिस्थापनमा नयाँ र अझ राम्रो PVC पाइपहरु आएका छन्।  यस लगायत तामा पाइपहरु पनि प्रचलित भएका छन्।

 

PVC र तामा पाइपहरु धेरै बलिया, धेरै समयसम्म टिक्ने र खिया लाग्ने समस्याबाट मुक्त हुन्छन। तामाको भाडा जीवाणु प्रतिरोधात्मक हुन्छ र तामाको भाडाको पानी मानव स्वास्थ्यका लागि फाइदाजनक भए जस्तै तामाको पाइपको हुदै बगेको पानी पनि उतिकै फाइदाजनक हुन्छ। फलामे पाइपमा भने खिया लाग्ने र चाडै चुहावट हुने जस्ता  समस्याहरु देखा पर्छ। फलामे पाइपको आयु अन्यको तुलनामा अति नै कम हुन्छ। फलामे पाइप स्थापना गरेको २० वर्षसम्म पनि टिक्दैन भने तामाको पाइप सजिलैसंग ५० वर्षभन्दा बढी टिक्न सक्छ। PVC पाइपलाई सधै भरि प्रयोग गर्न मिल्छ र मूल्यको हिसाबमा चाहिँ फलामे पाइप र PVC अलि सास्तो हुन्छ भने तामाको पाइप PVC भन्दा त्यस्तै ३-४ गुणासम्म महँगो हुन्छ।

 

यसमा तपाईको मत