घर निर्माण विशेष

अब एभरेस्ट बैंकको सस्तो होम लोन

  नागरिक   2019-12-26

काठमाडौं– एभरेस्ट बैंकले मध्यमवर्गीय तथा निम्नवर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्किम सार्वजनिक गरेको छ ।
बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाऊँ’ नारासहित न्यूनतम सरल मासिक किस्ता नौ हजार तीन सय ६३ रुपैयाँको होम लोन ल्याएको हो ।
यस अभियानमा ग्राहकले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले सम्पूर्ण ग्राहकलाई यस अभियानको लाभ उठाउँदै आफ्नौ घर बनाउने सपना पूरा गर्न प्रेरित गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
हाल बैंकले ९५ शाखा, २८ राजस्व संकलन काउन्टर र एक सय २२ एटिएम तथा बृहत् बाह्य सञ्जालमार्फत सेवा दिइरहेको छ ।
 

यसमा तपाईको मत