घर निर्माण विशेष

एल्मुनियम कि काठ - झ्याल ढोका निर्माणमा उचित कुन ?

  नागरिक   2018-07-07

घरको झ्याल र ढोका निर्माण गर्न नेपालमा प्रचलित दुई विकल्प छन् – एल्मुनियम र काठ ।  दुबैका आ-आफ्ना फाइदा र बेफाइदाहरु छन् जसले गर्दा कुन चाहिं कुन भन्दा बढी उचित भन्ने प्रश्नको ठोस उत्तर दिन गाह्रो हुन्छ  उपभोगकर्ताको रोजाइ र आवश्यकता अनुसार एक अर्कोभन्दा उचित कि त अनुचित हुनसक्छ

झ्याल र ढोका दुवै घरमा सुरक्षा र सुन्दरता दिनलाई प्रयोग गरिन्छ ।  अत: झ्याल र धोका आकर्षकका साथ साथै सुरक्षित पनि हुनु पर्छ  यिनीहरु कम्तिमा पनि घरको प्रयोग अवधिसम्म टिक्नु पर्छ – अनुकुल भएको खण्डमा पुरानो घरको झ्याल र ढोका नयाँ संरचनामा पनि प्रयोग गर्न मिल्न सक्छ  यिनीहरुले चर्को घाम देखि चिसो हिउँ र हावाहुरी देखि पानी बर्षा खेप्न सक्ने हुनुपर्छ  त्यसैले घरमा झ्याल र ढोका निर्माण गर्दा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ ।   तल विभिन्न यस्तै कारकहरुमा एल्मुनियम र काठको झ्याल र ढोकामा कुन राम्रो हुन्छ भन्ने कुराको जानकारी दिईएको छ :

 

१.      टिकाउ

 

काठको झ्याल र ढोकाको टिकाउ उक्त झ्याल-ढोका बनाउन प्रयोग भएको काठको प्रकारमा भर पर्छ ।  एल्मुनियमको झ्याल र ढोकाको प्रबलता भने प्रयोग एल्मुनियममा भर पर्छ ।

साल र सल्लाको काठबाट बनेका झ्याल ढोकाहरु निकै बलिया हुन्छन ।  यिनीहरुमा राम्रोसंग कलर र वार्निश लगाएर  पानी प्रतिरोधी बनाएर प्रयोग गरेमा कयौ दशकसम्म पनि टिक्न सक्छ  तर घमिरा लाग्ने ,  पानी र अन्य कारकले गरेर आकार बांगीने र बनोट बिग्रने, आगो चाडै टिप्ने जस्ता विभिन्न समस्याहरु काठका झ्याल र ढोकामा देखा पर्छ ।

एल्मुनियम हलुका हुन्छन तर बलिया हुन्छन ।  एल्मुनियमले बनेका झ्याल ढोकाहरु पनि कयौ दशकसम्म सजिलै टिक्न सक्छ  यिनीहरु पानी र खिया प्रतिरोधी हुन्छन भने यसले सजिलै आगो पनि टिप्दैन  यिनीहरुमा काठको जस्तो आकार बिग्रने र बांगीने समस्या पनि हुदैन ।

समग्रमा भन्दा एल्मुनियमको झ्याल ढोका नै काठको झ्याल ढोकाभन्दा धेरै टिकाउ र भरपर्दो हुन्छन ।

 

२.      सम्भार

 

झ्याल धोका निर्माण गरेरै मात्र ढुक्क भइदैन, यसको सम्भार गर्नु पनि कतिको लागि टाउको दुखाइको विषय बन्न सक्छ  हावा हुरी, मौसमी परिवर्तन, सानातिना दुर्घटना, प्राकृतिक प्रकोप आदिहरुले  झ्याल र ढोका खराब गरिदिन सक्छ ।

मौसमको परिवर्तनलाई राम्रोसंग थाम्न नसक्ने नै काठका झ्याल ढोकाहरु हुन ।  त्यसैले यिनिहरुको सम्भारमा विशेष ध्यान पुर्याउनु पर्नेहुन्छ चाडै बिग्रने र बांगीने भएकाले यिनीहरुको मर्मत कि परिवर्तन अलि बढी बारम्बारतामा गर्नु पर्नेहुन्छ जुन अत्यधिक महँगो पर्न जान्छ ।   

एल्मुनियमका झ्याल ढोकाहरु मौसम परिवर्तनबाट हुने गडबडीबाट धेरै प्रतिरोधी हुन्छन ।  यसर्थ यिनीहरुलाई काठको झ्याल धोका जस्तो धेरै सम्भार र मर्मतको आवश्यकता पर्दैन  यिनिहरु सफा गर्न पनि निकै सजिलो हुन्छन  एल्मुनियम पनि एक धातु भएकाले यिनीहरु अलि सजिलै स्क्र्याच हुन्छ, त्यसैले होसियारी पुर्याउनु आवश्यक छ ।  एल्मुनियम झ्याल ढोकामा हुने ल्याचमा भने जाम हुने, खुकुलो हुने कि त सिधै बिग्रने समस्या भने रहेको हुन्छ ।  तर पनि सम्भार र मर्मतको सन्दर्भमा अल्मुनियम कै झ्याल र ढोका राम्रो ठहरिन्छ ।

 

३.      रुपरंग

सुन्दरता एक आत्मपुरक कुरा हो ।  कसैलाई काठको झ्याल ढोकाको पारम्परिक र साधारण रुप मन पर्छ भने कसैलाई अल्मुनियमको झ्याल ढोकाको मोडर्न शैली राम्रो लाग्न सक्छ ।

काठ र एल्मुनियम दुवैमा थुप्रै रंग र फिनिसका विकल्पहरु छन् ।  उपभोक्ताले एल्मुनियम र काठ दुवैको झ्याल ढोका आफुलाई मन परे जस्तै  रंग र फिनिसमा भेटाउन सक्छन  सामान्यतया काठका झ्याल ढोकामा घरको रंगसंग मिल्ने रंग लगाइने गरिन्छ  भने एल्मुनियमका झ्याल ढोकामा काला र सेता रंगको अत्यधिक प्रयोग भएको पाइन्छ ।

काठका झ्याल ढोकामा एल्मुनियमको तुलनामा एक महत्वपूर्ण गुण रहेको छ – बुट्टा र डिजाइन ।  परम्परा देखि नै काठका झ्याल र ढोकाहरु मा थरि थरिका बुट्टा कुद्ने गरिन्छ  बुट्टा कुदेका झ्याल ढोकाहरु निकै आकर्षक हुन्छन र यिनीहरुले घरको शोभालाई पनि बढाउछ  तर एल्मुनियममा यस्तो केहि गर्नु मिल्दैन – यसका विकल्पहरु सबै रंग र फिनिसमा मात्र सिमित छन् ।

रुपरंग र घरेलु आकर्षणको विषयमा चाहिँ काठका झ्याल ढोकाहरु एल्मुनियमका भन्दा अलिक बढी आकर्षक हुन्छन ।  तर, एकदम साधारण र मोडर्न रुप रुचाउनेहरुलाई एल्मुनियम कै झ्याल ढोका उचित हुन्छ ।

 

४.      लागत

 

थोरै मूल्यमा नै उत्कृष्टता खोज्ने बानी सबैको हुन्छ ।  काठ र एल्मुनियममा मूल्यको भिन्नता निकै ठूलो छ  ।  बजार र स्थान अनुरुप काठको मूल्य फरक पर्न गए पनि नेपाल भरि एल्मुनियमको भने मूल्य लगभग उस्ता उस्तै हुन्छ ।

 

नेपाली बजारमा अग्राखको (साल) काठबाट बनाइएको झ्यालको मूल्य लगभग नेरु ५५०० प्रति क्युबिक फिट पर्न जान्छ ।  एल्मुनियमको भने प्रति स्क्वायर  फिटको नेरु ५०० देखि ६०० सम्म पर्न जान्छ । 

यसमा तपाईको मत