ग्याजेट विशेष

आजबाट iOS १२ रिलिज हुँदै

  नागरिक   2018-09-17

गत केहि महिना देखि बेटा संस्करणमा चलिरहेको iOS १२ आज - सेप्टेम्बर १७ - बाट यस संस्करणलाई सपोर्ट गर्ने आइफोन र आइप्याडमा रिलिज हुँदैछ | iOS १२ सेप्टेम्बर १७ मा रिलिज हुने कुरा एप्पलले आफ्नो किनोटमा घोषणा गरेको थियो |

 

यी आइफोन, आइपड र आइप्याडले पाउने छन् iOS १२ :


 

आइफोन

आइप्याड

आइपड

आइफोन X

१२.९ इन्च आइप्याड प्रो ( दोस्रो संस्करण )

आइपड टच ६

आइफोन ८

१२.९ इन्च आइप्याड प्रो ( प्रथम संस्करण )

 

आइफोन ८ प्लस

१०.५ इन्च आइप्याड प्रो

 

आइफोन ७

९.७ इन्च आइप्याड प्रो

 

आइफोन ७ प्लस

९.७ इन्च आइप्याड (२०१८ मोडल)

 

आइफोन ६s

९.७ इन्च आइप्याड (२०१७ मोडल)

 

आइफोन ६s प्लस

आइप्याड एअर २

 

आइफोन ६

आइप्याड एअर

 

आइफोन ६ प्लस

आइप्याड मिनी ४

 

आइफोन SE

आइप्याड मिनी ३

 

आइफोन ५s

आइप्याड मिनी २

 

 

कसरी गर्ने अपडेट ?

 

अपडेट रिलिज हुन सुरु गरेपछि तपाईको आइफोनको सेटिंग आइकन माथि एक सानो चिन्ह आउने छ | कुनै पनि आइफोन, आइपड र आइप्याड अपडेट गर्नलाई :

  • आइफोन, आइपड अथवा आइप्याडको Settings जानुहोस्

  • General मा जानुहोस्

  • Software Update मा जानुहोस् र अपडेट गर्नुहोस्


 

के के छन् त विशेषता ?

 

iOS १२ का मुख्य विशेषताहरु :

 

१. सुधारिएको परफरमेन्स - एपहरु ४०% चाडो लन्च हुने

२. ग्रुप फेसटाइम

३. मिमोजी

४. स्क्रिन टाइम

५. सामूहिक नोटिफिकेसन

६. नयाँ एपहरु - एप्पल बुक्स, एप्पल न्युज

 

यी फिचरहरुको विस्तृत जानकारीका लागि यहाँ जानुहोस् : http://nagarikbazaar.nagariknetwork.com/news/apple-new-software-ios-12





 

यसमा तपाईको मत