ग्याजेट विशेष

‘भिभो वाइ–७१ टी’ सार्वजनिक

  नागरिक   2021-10-22

भिभोले आफ्नो वाइ सिरिज स्मार्टफोनमा नयाँ ‘भिभो वाइ–७१ टी’ सार्वजनिक गरेको छ। कम्पनीले यो नयाँ स्मार्टफोन वाटरड्रप–स्टाइल नोच डिजाइनका साथ ल्याएको छ। ग्याजेट ३६०का अनुसार ‘भिभो वाइ–७१ टी’मा ६‍.४४ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले छ।

यसमा दुईवटा क्यामरा छ, जसमा ६४ मेगापिक्सलको प्राइमेरी सेन्सर र ८ मेगापिक्सलको अल्ट्रा–वाइड लेन्स छ। फोनको अगाडीतिर भने १६ मेगापिक्सलको सेल्फी क्यामरा छ। अक्टाकोर मिडियाटेक डाइमेन्सिटी ८१० एसओसी प्रोसेसर भएको यो नयाँ स्मार्टफोनमा ८ जिबी र्याम र २५६ जिबी आन्तरिक स्टोरेज छ। सुरक्षाका लागि यसमा इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर पाउन सकिन्छ।  

‘भिभो वाइ–७१ टी’मा चार हजार एमएएचको ब्याट्री छ। यो ब्याट्री पावरबाट प्रयोगकर्ताले १४ घण्टासम्म फोनमा बोल्न सक्ने कम्पनीले जनाएको छ। साथै यो ब्याट्रीले ४४ वाटको फास्ट चार्जिङ समर्थन गर्छ।

८ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको ‘भिभो वाइ–७१ टी’को मूल्य २१ हजार भारु छ।

यसैगरी ८ जिबी र्याममा २५६ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य भने २३ हजार चार सय भारु तोकिएको छ। यो स्मार्टफोन अहिले चीनमा प्रि–अर्डरका लागि उपलब्ध छ।

यसमा तपाईको मत