ग्याजेट विशेष

नयाँ एन्ड्रोइड स्मार्टफोनहरूमा गुगल प्ले म्युजिक नहुने

  नागरिक   2019-10-01

नयाँ एन्ड्रोइड स्मार्टफोनहरूका लागि आधारभूत म्युजिक तथा संगीतको एप रहेको गुगल प्ले म्युजिक अबका नयाँ एन्ड्रोइड स्मार्टफोनहरूमा उपलब्ध नहुने भएको छ । गुगलले बिगतका केही समय देखि नै गुगल प्ले म्युजिक एपको प्रतिस्थापनका लागि युट्युब म्युजिकको विकास र निर्माण गर्दै आएको थियो । तर उक्त एपले सोचेको जस्तो सफलता भने पाएन किन कि गुगलले म्युजिकका लागि पहिलेबाट नै एन्ड्रोइड स्मार्टफोनहरूमा गुगल प्ले म्युजिक इन्स्टल गरेर राख्ने गर्दछ ।

एन्ड्रोइडको आफ्नै संस्करण निर्माण गर्ने स्मार्टफोन निर्माताहरूका स्मार्टफोनहरूमा गुगल प्ले म्युजिक बाहेक निर्माताको आफ्नै एप इन्स्टल गरिएको हुन्छ । अबबाट नयाँ आउने गुगल एन्ड्रोइड ९ र एन्ड्रोइड १० का स्मार्टफोनहरूमा गुगल प्ले म्युजिकको सट्टामा युट्युब म्युजिक एप हुनेछ । अन्य निर्माताहरूको म्युजिक एपमा भने केही पनि प्रकारको परिवर्तन आउने छैन ।

हालका लागि गुगल प्ले म्युजिकका प्रयोगकर्ताहरूले भने गुगल प्ले स्टोरबाट उक्त एपलाई सजिलैसँग इन्स्टल गर्न सक्नेछन् । युट्युबले प्रकाशन गरेको विज्ञप्तिमा युट्युब म्युजिक एपको प्रयोगबाट प्रयोगकर्ताले विभिन्न प्रकारको संगीत सुन्नलाई सजिलो बनाउने कुरा उल्लेख गरेको छ ।

एन्ड्रोइड १० मा यस एपलाई पहिलेबाट नै इन्स्टल गरिएको हुनेछ । पुरानो एन्ड्रोइड संस्करणको प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरबाट युट्युब म्युजिक एपलाई डाउनलोड गरेर प्रयोग गर्न सक्नेछन् । हालको लागि यस एप नेपालमा उपलब्ध भने गराइएको छैन । तर नेपाल मै उपलब्ध हुने नयाँ एन्ड्रोइड स्मार्टफोनहरूमा पनि यही एप इन्स्टल भएपनि प्रयोगकर्ताहरूले अनलाइन संगीत सुन्न भने पाउने छैनन् ।

गुगलले आफ्नो प्ले म्युजिक एपलाई यस नयाँ युट्युब म्युजिक एपले प्रतिस्थापन गर्ने जस्तो देखिएको छ । गुगलले युट्युबलाई नै संगीतको मुख्य प्ल्याटफर्म बनाउन खोजेको पनि निकै नै समय भइसकेको छ तर सफलता भने खासै पाएको छैन । नेपाल लगायातका विभिन्न देशमा अनलाइन प्रायोजनका लागि उपलब्ध नभएको एप सुरुबाट नै स्मार्टफोनमा इन्स्टल हुने देखिएको छ ।

 

स्रोत: युट्युब ब्लग

 

 

 

यसमा तपाईको मत