ग्याजेट विशेष

ह्याकिंगका भिडियो र जोखिमयुक्त प्र्यांक भिडियो अब यूट्यूबमा हाल्न नपाइने

  नागरिक   2019-07-11

संसार कै सबैभन्दा ठूलो र प्रचलित भिडियो सेयर गर्ने प्ल्याटफर्म यूट्यूबमा एक मिनट मै ३०० घण्टा बराबरको भिडियोहरू अपलोड हुने गर्दछ । यूट्यूबको मुक्य कम्पनी गुगलले यूट्यूबमा अपलोड हुने भिडियोहरूमा नीति ल्याएको छ । यस अन्तर्गत यूट्यूबले जोखिमपूर्ण चुनौतीहरू गर्न सिकाउने भिडियो देखि अनैतिक ह्याक गर्न सिकाउने भिडियोहरू माथि बन्देज लगाउने भएको छ ।

गुगलका अनुसार अब बाट यूट्यूबमा कुनै सुरक्षित कम्प्युटर सिस्टम ह्याक गर्न देखि लिएर अरु कसैको व्यक्तिगत जानकारी अनैतिक ढंगबाट चोर्न सिकाउने भिडियोहरू हाल्न पाइने छैन । यस्तो भिडियो हालेको भेटिएमा यूट्यूबले सबैभन्दा पहिले त भिडियो डिलिट गरेर  च्यानललाई चेतावनी दिने छ तर च्यानललाई केही पनि प्रकारको असर पर्ने छैन । तर उक्त ह्याक गर्न सिकाउने र अन्य प्रतिबन्धित भिडियोहरू बारम्बार अपलोड गरेको भेटिएमा यूट्यूबले उक्त च्यानललाई नै सधैका लागि बन्द गरिदिने छ ।

यति भन्दैमा यूट्यूबले नैतिक ह्याकिंग अर्थात् Ethical Hacking का भिडियोहरू माथि भने बन्देज लगाएको छैन । यस्ता भिडियो हालेको खण्डमा यूट्यूबले केही पनि प्रकारको आक्रामक कदमहरू लिने छैन । प्रयोगकर्ताहरूले नैतिक ह्याकिंग समबन्धीका भिडियोहरू मज्जाले अपलोड गर्न पाउनेछन् ।
 
यस लगायत यूट्यूबमा अब जोखिमयुक्त चुनौतीहरूको भिडियोहरू ( Challenge Videos ) पनि हाल्न पाइने छैन । यूट्यूबले तत्काल नै  शारीरिक क्षति पुग्ने खालका चुनौती र कामहरू गर्न पठाउने भिडियोहरूलाई पूर्ण रुपमा बन्द गर्ने भएको हो ।

यसै गरि डरलाग्दा र खतरनाक प्र्यांक भिडियोहरू अपलोड गर्नबाट पनि यूट्यूबले प्रतिबन्ध लगाएको छ । यदि कुनै पनि प्र्यांक भिडियोबाट कुनै पनि व्यक्तिलाई मानसिक र शारीरिक स्तरमा आकस्मिक खतरा उब्जाएको छ भने उक्त भिडियोलाई यूट्यूबबाट हटाइने छ ।


अपडेट गरिएको यूट्यूब दिशानिर्देशमा अब बाट यस्ता भिडियोहरू यूट्यूबमा हाल्न पाइने छैन:

    क. जोखिमयुक्त चुनौतीहरूको भिडियो जसबाट शारीरिक क्षति पुग्नेछ
    ख. डरलाग्दा र खतरनाक प्र्यांक भिडियोहरू
    ग. कसैको हत्या गर्नका लागि निर्देशन युक्त भिडियोहरू
    घ. खाने कुरा सम्बन्धिका विकारहरू सिकाउने भिडियो
    ङ. हिंसक भिडियोहरू
    च. चोरी गर्न सिकाउने भिडियोहरू
    छ. ह्याक गर्न सिकाउने भिडियोहरू  

यस्ता भिडियोहरू बारम्बार यूट्यूबमा हाल्ने प्रयोगकर्ताको यूट्यूब अकाउन्ट नै डिलिट गरिने कुराको जानकारी गुगलले दिएको छ । यसर्थ यूट्यूबमा भिडियो अपलोड गर्दा उक्त भिडियो गुगलको दिशानिर्देश अन्तर्गत पर्छ पर्दैन चेक गर्नु राम्रो हुनेछ ।

स्रोत: यूट्यूब

 

यसमा तपाईको मत