अटो विशेष

कटारीमा यामाहाको नयाँ सोरुम

  नागरिक   2019-11-17

काठमाडौं– सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।
सन्जीव शाहको स्वामित्व रहेको उक्त सोरुम एसएस अटो सेन्टर डिलरसिपमा सबै प्रकारका यामाहा बाइकका मोडल उपलब्ध हुने जनाइएको छ । 
उक्त सोेरुमको उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेको जारी विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा जनकपुर उप–महानगरपालिकाकी उप–मेयर भीमकुमारी पन्त, बजाज सोरुम कटारीका प्रोप्राइटर राजु गुप्ता र चेम्बर अफ कमर्सका प्रतिनिधि पुष्कर खड्का लगायतको उपस्थिति रहेको रहेको जनाइएको छ ।
यामाहा बाइक खरिद गर्न सहज होस् भन्ने उद्देश्यका सञ्चालनमा ल्याइएको उक्त सोरुमबाट उत्कृष्ट सेवा प्रदान गर्न एसएस अटो सेन्टर डिलरसिपबाट सेल्स, सर्भिस र स्पेयर पार्टसका साथ साथै फाइनान्स र एक्सचेन्ज सुविधाको समेत व्यवस्था गरेको यामाहाले जनाएको छ ।

यसमा तपाईको मत