अटो विशेष

यामाहा महा–एक्सचेन्ज मेला सुरु

    2019-09-01

काठमाडौं– शनिबारदेखि राजधानीमा यामाहा महा–एक्सचेन्ज मेला सुरु भएको छ । राष्ट्रिय सभागृहमा भदौ १९ गतेसम्म चल्ने मेलाको उद्घाटन हिमाँसु सान् र यामाहा मिस नेपाल अनुष्का श्रेष्ठले गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मेलामा कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटर दिएर बजार मूल्यांकनको सबैभन्दा उच्च २० हजार रुपैयाँ अतिरिक्त ग्यारेन्टी मूल्यका साथ नयाँ ब्रान्डको यामाहा लिन सकिने जनाइएको छ ।
मेलामा एक लाख रुपैयाँसम्मको नगद छुट, स्थलगत फाइनान्स सुविधा र टेस्ट राइड लगायत आकर्षक योजना रहेका छन् । साथै, सेलिब्रेटी वाक–इन्, लाइसेन्स ट्रायल सित्तैंमा, टेस्ट राइड, हाँक्ने प्रतिस्पर्धा, डोर प्राइज र फुड स्टल लगायत आकर्षण पनि मेलामा रहेको विज्ञप्तिमा उल्लेख छ ।
मोरङ अटो वक्र्सले हालैमात्र यामाहा एफजेड भी३ र एमटी १५ प्रस्तुत गरेको छ । यी दुवै बाइकमा परिष्कृत एबिएस र यामाहाको आफ्नै प्रमाणित प्रविधिएफ आई रहेकोे कम्पनीले जनाएको छ ।
मेलामा सित्तैमा बाइक धुने, निःशुल्क परीक्षण क्याम्प सेवा पनि उपलब्ध छ ।

यसमा तपाईको मत