अटो विशेष

‘एक्सयुभी–३००’ अब गण्डकी प्रदेशमा

  नागरिक   2019-12-22

काठमाडौं– नेपालका लागि महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले महिन्द्राको स्पोर्ट्स युटिलिटी भेइकल (एसयुभी) ‘एक्सयुभी–३००’ गण्डकी प्रदेशमा पनि बिक्री वितरण सुरु गरेको छ ।
भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा  नै आफ्नो अलग्गै पहिचान बनाउन सफल ‘एक्सयुभी–३००’ गाडीलाई प्रदेश ४ का  उद्योग, पर्यटन र पर्यावरण मन्त्री विकास लम्साल र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले सार्वजनिक गरेका छन् । 
कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त भएको यो गाडीले उच्च गति र आकर्षक सनरुफका साथै एलइडी डेटाइम रनिङ–लाइट, पुस स्टार्ट–स्टप बटन, टच–स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायत विशेषता रहेको कम्पनीको दाबी छ । 
यो एसयुभी डब्लु ४, डब्लु ६, डब्लु ८  र डब्लु ८ (अप्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्सयुभी ३०० को मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार र डब्लु ८ (अप्सनल) वर्गका लागि ५६ लाख ५० हजार रुपैयाँ तोकिएको छ । त्यस्तै डिजेलमा डब्लु ४ वर्गका लागि ४१ लख २५ हजार, डब्लु ६ वर्गका लागि ४५ लाख, डब्लु ८ वर्गका लागि ५१ लख ५० हजार र डब्लु ८ (अप्सनल) वर्गका लागि ५७ लाख २५ हजार रुपैयाँ मूल्य तोकिएको कम्पनीले जनाएको छ । 
यो एसयुभी विभिन्न ६ रंग एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्ल्याक, डी–स्याट सिल्भरमा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत