ग्याजेट विशेष

साओमीको एमआई ए ३ सार्वजनिक

  नागरिक   2019-09-11

काठमाडौं– मोबाइल ब्रान्ड साओमीले एन्ड्रोइड१–पावर्ड फोनको लाइनअपमा विश्वकै उच्चतम रिजोलुसन क्यामेरा सेटअप भएको भनिएको नयाँ स्मार्टफोन एमआई ए३ सार्वजनिक गरेको छ । 
एमआई ए३ मा एमआई ए सिरिजको भन्दा डिजाइनमा केही परिवर्तन छ । यस सेग्मेन्टकै उत्कृष्ट फोन एमआई ए२को कार्यात्मक पक्षलाई कायम राखेर एमआई ए३मा नयाँ डिजाइन समावेश गरिएको कम्पनीले जनाएको छ ।
२३ हजार नौ सय ९९ रुपैयाँ मूल्य तोकिएको यो फोनमा क्वालकम स्न्यापड्रागन ६६५ चिपसेट, एएमओएलइडी सुपर डिस्प्ले, ४०३० एमएएच ब्याट्री, ४८ एमपी ट्रिपल क्यामेरा सेटअप र इन–स्क्रिन फिंगरप्रिन्ट स्क्यानर जस्ता विशेषता रहेका छन् । सबै एमआई ए सिरिज स्मार्टफोन जस्तै एमआई ए३ गुगल एन्ड्रोइड वान प्रोजेक्टद्वारा सञ्चालित रहेको र यसमा एन्ड्रोइड ९ पाई पनि छ ।
उक्त फोन काइन्ड अफ ग्रे, नट जस्ट ब्लु र मोर देन ह्वाइट गरी तीन रङमा उपलब्ध छ । चार जिबी प्लस ६४ जिबी भेरियन्ट २३ हजार नौ सय ९९ रुपैयाँमा र ६ जिबी प्लस १२८ जिबी भेरियन्ट २७ हजार नौ सय ९९ रुपैयाँमा सेप्टेम्बर ११ तारिकबाट डराज डट कम डट एनपी र सस्तो डिल डट कममा उपलब्ध हुने कम्पनीले जनाएको छ । 
 

यसमा तपाईको मत