ग्याजेट विशेष

‘साओमी ११ लाइट एनइ ५–जी’ चाँडै भारतमा आउने तयारी

  नागरिक   2021-09-19

साओमीले भारतमा आफ्नो नयाँ स्मार्टफोन ‘साओमी ११ लाइट एनइ ५–जी’ चाँडै ल्याउने तयारी गरेको छ। सेप्टेम्बर २९ मा भारतमा ‘साओमी ११ लाइट एनइ ५–जी’ सार्वजनिक गर्ने भनेको थियो तर  मिति भने परिवर्तन हुनसक्छ।

कम्पनीले विश्वभर यो फोन सार्वजनिक गरिसकेको छ भने अब भारतमा आउने यो फोन आउने तयारीमा रहेको छ। ४ हजार २ सय ५० एमएएच ब्याट्री भएको ‘साओमी ११ लाइट एनइ ५–जी’मा ३३ वाटको फास्ट चार्जिङ सुविधा रहेको छ। साथै यस फोनको अन्य फिचरमा साइड(माउन्टेड फिंगरप्रिन्ट सेन्सर र डुअल स्पिकर रहेको छ। 

फोनमा तीनवटा क्यामरा रहेको छ जसमा ६४ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड सुटर र ५ मेगापिक्सलको टेलिम्याक्रो सुटर छ।

६.५५ इन्चको फुल एचडी प्लस फ्ल्याट एमोलेड ट्रुकलर डिस्प्ले भएको ‘साओमी ११ लाइट एनइ ५–जी’मा ९० हर्जको रिफ्रेस रेट छ। यो मोडलमा तिन किसिमको आन्तरिक स्टोरेज रहेको छ।मूल्यपनि स्टोरेज अनुसार फरक छ।

यसमा तपाईको मत