ग्याजेट विशेष

साओमीको दसैं अफर

  नागरिक   2019-09-23

काठमाडौं– साओमी, ग्लोबल टेक्नोलोजी लिडरले एमआई फ्यानका लागि आकर्षक दसैं अफर सार्वजनिक गरेको छ । 
दसैंको अवसरमा साओमीले स्मार्टफोनमा पाँचवटा विशेष सप्राइज ल्याएको छ । ग्राहकले अब साओमीको नयाँ–नयाँ स्मार्ट फोन रेडमी ७, रेडमी वाई ३ ,रेडमी नोट ७, एमआई ए ३ र रेडमी ७ ए किन्दा आकर्षक अफर पाउने छन् ।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले सम्पूर्ण एमआई फ्यानलाई साओमी स्मार्टफोनको खरिदमा दसैंको विशेष अफर प्रदान गरेको जानकारी दिए ।
एमआई फ्यानले १९ हजार नौ सय ९९ मा रेडमी नोट ७  खरिद गरेर निर्धारण गरिएको मूल्यमा दुई हजार फ्ल्याट छुट पाउने छन् । विशेष सप्राइजको रुपमा साओमीले नेपालमा एमआई ए ३ दुई किसिमका सार्वजनिक गरेको छ । यो २३ हजार नौ सय ९९ र २७ हजार नौ सय ९९ मा उपलब्ध छ । रेडमी ७ एमा पनि छुटको व्यवस्था छ । यो अब १० हजार नौ सय ९९ मा उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यस्तै, रेडमी ७ र रेडमी वाई ३ मा हजार रुपैयाँ छुट छ । यी अफर अफलाइन स्टोर, दराज डट कम डट एनपी र सस्तोडिलमा उपलब्ध हुनेछ ।

यसमा तपाईको मत