ग्याजेट विशेष

सायोमीको सुपर फास्ट चार्जर - १७ मिनट मै फुल चार्ज

    2019-03-28

सायोमीले विश्व कै सबैभन्दा फास्ट स्मार्टफोनलाई चार्ज गर्न सक्ने चार्जरको बारेमा जानकरी दिएको छ । उक्त चार्जरले ४००० mAh को ब्याट्री पनि १७ मिनट मै फुलचार्ज हुन्छ । 

सायोमीको उक्त फास्ट चार्जरलाई सुपर चार्ज टर्बो नाम दिएका छन् । सुपर चार्ज टर्बो चार्जर १०० वाटको रहेको छ - तुलनाका लागि नयाँ आइफोन १० एक्स म्याक्समा केवल ५ वाटको चार्जर छ । सामसँगको नयाँ सामसँग ग्यालेक्सी एस १० मा पनि केवल १५ वाटको चार्जर छ । 

सायोमीले यो चार्जर अप्पो, भिभो, वनप्लस र हुवावेका सुपर फास्ट चार्जरहरुलाई टक्कर दिनका निम्ति रिलिज गरेको हो । अप्पोले केहि महिना अगाडी ५० वाट सुपर - भूक चार्जर रिलिज गरेको थियो । त्यो बेला त्यहि नै सबैभन्दा फास्ट चार्जर रहेको थियो । हुवावेले पनि ४० वाटको चार्जर रिलिज गरेको थियो ।

सायोमीले रिलिज गरेको एक सानो भिडियोमा सायोमीको स्मार्टफोन सायोमी सुपर चार्ज टर्बोबाट १७ मिनट मै फुल चार्ज भएको देखिएको छ ।  जहाँ कि अप्पोको सुपर भूक चार्जरले अप्पो स्मार्टफोनलाई केवल ६७ प्रतिशत सम्म मात्र चार्ज गर्न सक्यो । सायोमीको स्मार्टफोनमा ४००० mAh ब्याट्री रहेको छ भने अप्पोको स्मार्टफोनमा ३७०० mAh ब्याट्री रहेको छ । 

सायोमीका प्रमुख कार्यकारी अधिकृतले  उक्त भिडियो चाइनिज सोसल साइट विबोमा सेयर गरेका थिए । उनले सायोमीको नयाँ चार्जर प्रविधि चाडैं नै सायोमीका स्मार्टफोनहरुमा आउने बताएका छन् , र सुरुवातमा उक्त चर्जिंग प्रविधि सायोमीको बजेट स्मार्टफोन रेन्ज रेड्मीमा आउनेछ ।

फास्ट चार्ज बनाउने दौडमा अप्पो र भिभोले सायोमीको यस चार्जरको जवाफमा के रिलिज गर्नेछन् भन्ने कुरा चाहिँ हेर्न बाकीं नै छ । फास्ट चार्जरको दुनियामा लज्जास्पद ५ वाटको चार्जर सहित  एप्पलको आइफोन नै  सबैभन्दा पछाडी परेको छ ।

 
 

यसमा तपाईको मत