ग्याजेट विशेष

शाओमीद्वारा नेपालमा रेडमी ७ ए सार्वजनिक

    2019-08-07

काठमाडौं- शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले सबैभन्दा रुचाईएको रेडमी ए सिरिज लाइनअपको रेडमी ७ ए नेपालमा सार्वजनिक गरेको छ। रेडमी ६ ए लाई पूर्ण रुपमा अप्ग्रेड गरेर कम्पनीले रेडमी ७ ए नेपाली बजारमा भित्र्याएको छ।  यसमा क्वाल्कम स्न्यापड्रेगन ४३९ चिपसेट, ४००० एमएएच ब्याट्री, १२ एमपी सोनी IMX486 क्यामेरा सेन्सर र म्याट फिनिस भएको यूनीबडी डिजाइन जस्ता विशेषताहरु रहेका छन् ।
यस ब्राण्डले ग्राहकहरुलाई उच्च गुणस्तरीय उत्पादनका साथै दिर्घकालिन सेवा प्रदान गर्ने प्रतिबद्धतासँगै रेडमी ७ ए मा दुई वर्षको वारेन्टी प्रदान गरेको छ कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। 

यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “ हामी हाम्रा नेपालका एमाई फ्यानहरुलाई नयाँ रेडमी ७ ए फोन ल्याउन पाउँदा निकै खुसी छौं । १२ एमपी सोनी IMX486 सेन्सर क्यामेराको अनुभव प्रदान गर्ने २ GHzओक्टा–कोर क्वालकम स्न्यापड्रेगन ४३९ ले संचालित रेडमी ७ ए मा अविश्वसनीय विशेषताहरु रहेको जानकारी दिइएको छ साथै, रेडमी ७ ए ४००० एमएएच (द्धण्ण्ण्mब्ज) ब्याट्री  भएको रेडमी “ए” सिरिजकै पहिलो यस प्रकारको स्मार्टफोन हो । हामीलाई विश्वास छ कि हाम्रो उत्पादन उच्च गुणस्तरीय छ त्यसैले हामीले रेडमी ७ ए मा दुई वर्षको वारेन्टी प्रदान गरिरहेको उनले बताए। सुलभ मूल्यमा नविनतम उत्पादनहरु पेश गरेर नयाँ बेन्चमार्क राख्न सफल भएका छौं र हामी रेडमी ७ ए ले एमआई फ्यानहरु र अन्य ग्राहकहरुलाई नयाँ अनुभव प्रदान गर्नेछ भन्ने पक्षमा सकारात्मक रहेको जानकारी गराए।”

यसमा तपाईको मत