ग्याजेट विशेष

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

  नागरिक   2019-10-17

एन्ड्रोइड स्मार्टफोन निर्माताहरूमा धेरै समयसम्म आफ्नो स्मार्टफोनलाई अपडेट गर्ने कम्पनी मध्ये एक हो सओमीले । साओमीले बजेट देखि महँगा स्मार्टफोनहरूलाई नयाँ संस्करणको अपडेट प्रदान गर्दै आएको छ । यस वर्ष नयाँ फिचरहरूका साथ रिलिज गरिएको एन्ड्रोइड १० अब साओमीका स्मार्टफोनहरूमा पनि रिलिज हुने भएको छ । साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका नै सार्वजनिक गरेको छ ।

साओमीले एन्ड्रोइड १० अपडेटलाई विभिन्न चरणहरूमा छुट्टाएर रिलिज गर्ने भएको छ । हालै रिलिज भएका र नयाँ मोडलहरूले सुरुमा अपडेट पाउनेछन् भने पुरानो मोडलहरूले केही ढिलो अपडेट पाउनेछन् । यही अक्टोबर महिनाको २२ गतेबाट अपडेट रिलिज हुन सुरु हुने छ । सबै साओमीका स्मार्टफोनहरूले तोकिएको समय सिमा भित्रमा अपडेट पाउने छन् । उक्त अपडेटलाई MIUI 11 नाम दिईएको छ |

साओमीको विस्तृत एन्ड्रोइड १० अपडेट तालिका तल दिईएको छ :


पहिलो चरणमा अपडेट पाउने स्मार्टफोनहरू - अक्टोबर २२ देखि अक्टोबर ३१

  •     Poco F1
  •     Redmi K20
  •     Redmi Y3
  •     Redmi 7
  •     Redmi Note 7
  •     Redmi Note 7s
  •     Redmi Note 7 Pro

दोस्रो चरणमा अपडेट पाउने स्मार्टफोनहरू - नोभेम्बर ४ देखि नोभेम्बर १२

  • Redmi K20 Pro
  • Redmi 6
  • Redmi 6 Pro
  • Redmi 6A
  • Redmi Note 5
  • Redmi Note 5 Pro
  • Redmi 5
  • Redmi 5A
  • Redmi Note 4
  • Redmi Y1
  • Redmi Y1 Lite
  • Redmi Y2
  • Redmi 4
  • Mi Mix 2
  • Mi Max 2

तेस्रो चरणमा अपडेट पाउने स्मार्टफोनहरू - नोभेम्बर १३ देखि नोभेम्बर २९

 

  •     Redmi Note 6 Pro
  •     Redmi 7A
  •     Redmi 8
  •     Redmi 8A
  •     Redmi Note 8

अन्तिम चरणमा अपडेट पाउने स्मार्टफोन - नोभेम्बर १८ देखि नोभेम्बर २६

  • Redmi Note 8 Pro

 

एन्ड्रोइड १० का नयाँ फिचरहरू

१. प्राइभेसीका लागि नयाँ फिचरहरु
२. फोल्ड गर्न मिल्ने स्मार्टफोनका लागि बनेको
३. शेयर गर्ने सर्टकर्टमा सुधार
४. नयाँ सेटिंग प्यानल
५. ब्लुतुथ, वाईफाई र डेटाको स्थानीय सुरक्षामा गुगलले सुधार
६. वाईफाईको नयाँ स्तरको लागि पनि सपोर्ट
७. उच्च ग्राफिक गेमहरु निर्माण गर्नका लागि गेम डेभलोपरले एन्गल
९. एपहरु २० प्रतिशतसम्म चाडै खुल्ने
१०. र्याम पनि पहिलेको तुलनामा कम प्रयोग गर्ने

 

यसमा तपाईको मत