ग्याजेट विशेष

यी स्मार्टफोनहरूमा आजबाट ह्वाट्सएप नचल्ने

    2020-01-01

संसार कै सबैभन्दा प्रचलित च्याट मेसेजिंग एप आजबाट विन्डोज स्मार्टफोनहरूमा चल्न बन्द हुने भएका छन् । गत वर्षको मे महिनामा नै ह्वाट्सएपले सन् २०१९ को डिसेम्बर ३१ बाट विन्डोज फोन र विन्डोज १० मोबाइलमा ह्वाट्सएप नचल्ने कुरा सार्वजनिक गरेको थियो ।

विन्डोज फोन र विन्डोज मोबाइलका लागि कम्पनीले अबबाट एप निर्माण नगर्ने र निर्माण भएको एप्स पनि सपोर्ट नगर्ने कुरा सार्वजनिक गरेको छ। यसले गरेर प्रयोगकर्ताहरूले अब विन्डोज फोन र विन्डोज १० मोबाइलको एप स्टोरमा ह्वाट्सएपलाई  भेटाउन र डाउनलोड गर्न सक्ने छैनन् ।

विन्डोज फोन लगायत पुरानो संस्करणमा चलेका आइफोन र पुरानो एन्ड्रोइडको संस्करणमा चलेका एन्ड्रोइड स्मार्टफोनहरूमा पनि ह्वाट्सएप चल्ने छैन । एन्ड्रोइड २.३.७ संस्करण वा सो भन्दा पुरानो एन्ड्रोइडको संस्करणहरूमा सन् २०२० को फेब्रुअरी १ बाट ह्वाट्सएप चल्न बन्द हुनेछ ।

यसै गरेर आइओएस संस्करण ७ वा पुरानोमा चल्ने आइफोनहरूमा पनि सन् २०२० को फेब्रुअरी १ बाट ह्वाट्सएप चल्न बन्द हुनेछ ।

यदि तपाईंले विन्डोज फोन प्रयोग गर्दै हुनुहुन्छ भने आजबाट ह्वाट्सएप डाउनलोड गरेर प्रयोग गर्न सक्नु हुने छैन । अबको एक महिना पछि पुरानो एन्ड्रोइड संस्करणमा चलेका आइफोन र एन्ड्रोइड स्मार्टफोनहरूमा पनि ह्वाट्सएप चल्न बन्द हुनेछ ।

 

यसमा तपाईको मत