ग्याजेट विशेष

यस्ता पासवर्डहरू सजिलै ह्याक हुन्छन् - यो वर्षको सबैभन्दा कमजोर पासवर्डहरू

  नागरिक   2019-12-24

इन्टरनेटमा ह्याकिंग र डेटा चोरीको घटनाहरू दिन कै बढिरहेको छ । साइबर सुरक्षाको विषयमा हरेक इन्टरनेट प्रयोगकर्ता चनाखो हुनु आवश्यक छ । हाल साइबर सुरक्षाका विज्ञहरूले यस वर्षको सबैभन्दा धेरै प्रयोग गरिएको र असुरक्षित पासवर्डहरूको सूची सार्वजनिक गरेका छन् । यसपालीको सूची गत वर्षको सूचीसँग धेरै हदसम्म मिल्छ । यसर्थ प्रयोगकर्ताहरूले पनि एकै प्रकारको पासवर्डहरू प्रयोग गर्दै आएकाछन् ।

कम्प्युटर, इमेल, स्मार्टफोन, सामाजिक संजाल र अन्य अनलाइन अकाउन्टहरूको सुरक्षाको लागि पासवर्डको प्रयोग गर्नु सामान्य नै बनेको छ । फिंगरप्रिन्ट स्क्यानर र फेस स्क्यानर स्मार्टफोन र कम्प्युटरको जगतमा आएको केही समय भइसक्दा पनि प्रयोगकर्ताहरू पासवर्ड नै प्रयोग गर्न रुचाउने गर्छन । तर, पासवर्ड राख्दा अधिकांस प्रयोगकर्ताले सजिलैसँग सम्झन सकिने र, अरु व्यक्तिहरूले सजिलैसँग अनुमान लगाउने सक्ने प्रकारका पासवर्डहरू राख्ने गरेको भेटिन्छ । यस्ता सजिलै अनुमान लगाउन सकिने पासवर्डको प्रयोग गर्दा प्रयोगकर्ताले आफ्नो अनलाइन गोपनियता र संबेदनशील डेटाहरूलाई जोखिममा राखिरहेका हुन्छन । त्यसैले निकै धेरै प्रचलनमा आएको पासवर्डहरू प्रयोग नगर्नु उचित हुन्छ । हरेक प्रयोगकर्ताको पासवर्ड सकेसम्म बेग्लै हुनुपर्छ र साधारण व्यक्तिले सजिलै अनुमान लगाउन नसक्ने प्रकारको हुनु पर्छ ।

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ।

1.      123456

2.      123456789

3.      qwerty

4.      password

5.      1234567

6.      12345678

7.      12345

8.      iloveyou

9.      111111

10.      123123

11.      abc123

12.      qwerty123

13.      1q2w3e4r

14.      admin

15.      qwertyuiop

16.      654321

17.      555555

18.      lovely

19.      7777777

20.      welcome


नेपालको सन्दर्भमा निकै प्रचलित र तपाईंले प्रयोग गर्नु नहुने पासवर्डहरू यस प्रकारको रहेका छन्:

  1. nepal123
  2. nepal@123
  3. Nepal321
  4. nepal987
  5. Kathmandu123
  6. Kathmandu@123
  7. 0987654321
  8. Asdfghjkl
  9. Qwertyuiop


यसै गरि आफ्नो गाउँघरको नामको पछाडी एक दुइ वटा अंक जोडेर पासवर्ड राख्नु पनि उचित हुँदैन । आफ्नो घर परिवारको नाम प्रयोग गरेर पनि पासवर्ड बनाउनु राम्रो हुँदैन । आफ्नो सामाजिक संजालको, कम्प्युटरको, स्मार्टफोनको र घरको वाईफाईको पासवर्ड केही महिना वा साताको अन्तरालमा फेरिरहनु पर्छ । पासवर्ड राख्दा सकेसम्म धेरै अंक र चिन्हहरूको प्रयोग गर्नु उचित हुन्छ ।

 

यसमा तपाईको मत