ग्याजेट विशेष

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

  नागरिक   2019-06-19

कम्प्युटर, इमेल, स्मार्टफोन, सामाजिक संजाल र अन्य अनलाइन अकाउन्टहरूको सुरक्षाको लागि पासवर्डको प्रयोग गर्नु सामान्य नै बनेको छ । फिंगरप्रिन्ट स्क्यानर र फेस स्क्यानर स्मार्टफोन र कम्प्युटरको जगतमा आएको केही समय भइसक्दा पनि प्रयोगकर्ताहरू पासवर्ड नै प्रयोग गर्न रुचाउने गर्छन । तर, पासवर्ड राख्दा अधिकांस प्रयोगकर्ताले सजिलैसँग सम्झन सकिने र, अरु व्यक्तिहरूले सजिलैसँग अनुमान लगाउने सक्ने प्रकारका पासवर्डहरू राख्ने गरेको भेटिन्छ । यस्ता सजिलै अनुमान लगाउन सकिने पासवर्डको प्रयोग गर्दा प्रयोगकर्ताले आफ्नो अनलाइन गोपनियता र संबेदनशील डेटाहरूलाई जोखिममा राखिरहेका हुन्छन । त्यसैले निकै धेरै प्रचलनमा आएको पासवर्डहरू प्रयोग नगर्नु उचित हुन्छ । हरेक प्रयोगकर्ताको पासवर्ड सकेसम्म बेग्लै हुनुपर्छ र साधारण व्यक्तिले सजिलै अनुमान लगाउन नसक्ने प्रकारको हुनु पर्छ ।

हालै निकै  प्रचलित भएको र अधिकांस प्रयोगकर्ताले प्रयोग गर्दै आएको पासवर्डको सूची यहाँ दिईएको छ । यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ।

  • 123456
  • password
  • 123456789
  • 12345678
  • 12345
  • 111111
  • 1234567
  • sunshine
  • qwerty
  • iloveyou
  • princess
  • admin
  • welcome
  • 666666
  • abc123
  • football
  • 123123
  • monkey
  • 654321
  • !@#$%^&*
  • charlie
  • aa123456
  • donald
  • password1
  • Qwerty123


नेपालको सन्दर्भमा निकै प्रचलित र तपाईंले प्रयोग गर्नु नहुने पासवर्डहरू यस प्रकारको रहेकाछन्:

  • nepal123
  • nepal@123
  • Nepal321
  • nepal987
  • Kathmandu123
  • Kathmandu@123
  • 0987654321
  • Asdfghjkl
  • Qwertyuiop


यसै गरि आफ्नो गाउँघरको नामको पछाडी एक दुइ वटा अंक जोडेर पासवर्ड राख्नु पनि उचित हुँदैन । आफ्नो घर परिवारको नाम प्रयोग गरेर पनि पासवर्ड बनाउनु राम्रो हुँदैन । आफ्नो सामाजिक संजालको, कम्प्युटरको, स्मार्टफोनको र घरको वाईफाईको पासवर्ड केही महिना वा साताको अन्तरालमा फेरिरहनु पर्छ । पासवर्ड राख्दा सकेसम्म धेरै अंक र चिन्हहरूको प्रयोग गर्नु उचित हुन्छ ।

 

 

यसमा तपाईको मत