ग्याजेट विशेष

यी ७ वटा VPN बाट भयो १२०० जीबी व्यक्तिगत डेटा लिक - तपाईंले प्रयोग गर्ने VPN पनि पर्यो कि ?

  नागरिक   2020-07-21

हालै ७ वटा VPN बाट १.२ टेराबाइट अर्थात् १२०० जीबी प्रयोगकर्ताको संवेदनशील डेटा लिक भएको छ । लिक हुने VPN हरू यिनीहरू हुन् :

  • Flash VPN
  • UFO VPN
  • Fast VPN
  • Free VPN
  • Super VPN
  • Secure VPN
  • Rabbit VPN

माथि उल्लेख भएकोहरू मध्ये UFO VPN नाम गरेको भीपीएन बाट मात्र ८९४ जीबीको डेटा लिक भएको छ । लिक भएको डेटामा प्रयोगकर्ताको युजरनेम, पासवर्ड, सेसन सेक्रेट, आइपी एड्रेस, कनेक्सन टाइमस्ट्याम र प्रयोगकर्ताले प्रयोग गरेको उपकरणको जानकारी रहेको छ । यस लिकबाट पैसा तिर्ने प्रयोगकर्तादेखि नि:शुल्क प्रयोगकर्ताहरू सबैको डेटालाई असर गरेको छ । UFO VPN को मात्र नि:शुल्क र पैसा तिर्रेर प्रयोग गर्ने प्रयोगकर्ताहरू २ करोड बराबर छन् ।

UFO VPN को डेटा लिक भएको सार्वजनिक हुनासाथ भीपीएन मेंटरले अन्य ६ वटा भीपीएनको डेटा पनि लिक भएको कुरा पत्ता लगाउन सफल भयो । ति अन्य ६ वटा भीपीएनहरूको नाम माथि उल्लेख गरिएको छ । यी सबै भीपीएन एप्सहरू प्ले स्टोरबाट लाखौँ पटक डाउनलोड भएका छन् ।

यी सबै भीपीएनहरूले जिरो लग पोलिसी अर्थात् प्रयोगकर्ताको कुनै पनि जानकरी आफूँसँग नराख्ने दाबी गरेका थिए । आफ्नै दाबीलाई झुटो साबित गर्दै यी भीपीएनको प्रयोगकर्ताको डेटा लिक भएको छ ।

यदि तपाईंले यी भीपीएनहरू प्रयोग गर्दै आउनु भएको छ भने पासवर्ड परिवर्तन गरिहाल्नु उचित हुन्छ । सम्भव भएको खण्डमा कुनै अन्य भीपीएन प्रयोग गर्नु पनि राम्रो ठहरिन्छ ।

स्रोत : एन्ड्रोइड पोलिस

 

यसमा तपाईको मत