अटो विशेष

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

  नागरिक   2018-12-01

 

नेपालमा बढिरहेको स्कूटरको मागसंगै इटालियन कम्पनी भेस्पाले अलि “सस्तो” भेस्पा नोट्टे १२५ स्कूटर नेपाली बजारमा लन्च गरेको छ | यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | हालै रिलिज भएर खुबै चर्चामा रहेको १२५ सीसीका स्कूटरहरु एप्रिलिया एसआर १२५, टिभीएस एनटोर्क र होन्डा ग्राजिया हुन् |

 

नयाँ भेस्पा नोट्टेको नेपाली बजार मूल्य नेरु २ लाख ५९ हजार ९४६ तोकिएको छ | क्लासिक भेस्पाको लुक्स भएको र पुरै ब्ल्याक फिनसमा उपलब्ध भएको यस स्कूटर हेर्दा निकै आकर्षक छ | भेस्पा स्कूटरलाई पहिचान गर्नेहरुले भेस्पा नोट्टेलाई अन्य कुनै स्कूटर भने झुक्किने छैनन् |

यस स्कूटरमा १२५ सिसि थ्री-भाल्भ सिङ्गल-सिलिन्डर इन्जिन रहेको छ जसले ७२०० आर पी एममा ९.५ पीएसको शक्ति पैदा गर्न सक्छ भने ६००० आर पी एममा ९.९ एन् एमको टर्क पैदा गर्न सक्छ  | यो स्कूटरको इन्जिनले पैदा गर्ने पावर र भेस्पाको अलि महँगो VXL १२५ ले पैदा गर्ने पावर एकै हो | भेस्पा नोट्टेको सम्पूर्ण बडी कालो रंगको छ जसले मिमिनल लुक्स दिन सहयोग पुर्याउछ |

मूल्य घटाउनका लागि भेस्पाले यस स्कूटरमा थुप्रै कटौतीहरु भने गरेको छ | जस्तै VXL मा जस्तो यस स्कूटरमा डिजिटल ओडोमिटर र फ्युल गज छैन | यसै गरि फ्रन्ट डिस्क पनि छैन | यस स्कूटरको टायरहरु ट्यूबलेस होइनन् - जुन यो मूल्य बर्गमा अलि चित्त नाबुझ्दो कुरा हो |


भेस्पा नोट्टेका विशेषताहरु

इन्जिन : १२५ सिसि ( 125 CC )

पावर : ९.५ पीएस @ ७५०० आर पी एम ( 9.5 PS @ 7500 RPM )

टर्क : ९.९ एन् एम @ ६००० आर पी एम ( 9.9 Nm @ 6000 RPM )

माइलेज : ४५ किलोमिटर प्रति लिटर  ( 45 Kmpl )

अगाडीको ब्रेक : १५० मिमिको डिस्क  ( 150 mm Disc )

पछाडीको ब्रेक : १४० मिमिको ड्रम ( 140 mm Drum )

चक्काको प्रकार : एलोयले बनेको ( Alloy Wheels )

फ्युल ट्यांकी : ८ लिटरको

 

यसमा तपाईको मत