ग्याजेट विशेष

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

  नागरिक   2019-08-22

अधिकांस एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटहरूले बाहिरी माउस र किबोर्डहरू सपोर्ट गर्ने गर्छन । बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । किबोर्ड र माउसलाई जोडेर तपाईंले थुप्रै डकुमेन्टहरू टाइप गर्न, गेम खेल्न र सजिलैसँग इन्टरनेट प्रयोग गर्न सक्नुहुनेछ । एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटहरूले ब्लुतुथ र तार भएको दुवै प्रकारको किबोर्ड र माउस सपोर्ट गर्ने गर्छन ।

तार भएको किबोर्ड र माउस कसरी जडान गर्ने ?

तपाईंले आफ्नो कम्प्युटरमा प्रयोग गर्ने साधारण तार भएको किबोर्ड र माउसलाई पनि आफ्नो एन्ड्रोइड स्मार्टफोनमा जोडेर प्रयोग गर्न सक्नुहुनेछ । तार भएको किबोर्ड र माउस प्रयोग गर्नका लागि तपाईंको स्मार्टफोनले युएसबी OTG फिचर सपोर्ट गर्नु पर्ने हुन्छ । यस फिचर सपोर्ट नगर्ने एन्ड्रोइड स्मार्टफोन वा ट्याब्लेटमा तार भएको किबोर्ड र माउसको प्रयोग गर्न मिल्दैन, ब्लुतुथको प्रयोग गर्नु पर्ने हुन्छ । अधिकांस नयाँ एन्ड्रोइड स्मार्टफोनहरूले OTG सपोर्ट गर्छ तर यदि तपाईंको स्मार्टफोन निकै नै पुरानो छ भने चाँही यसको सपोर्ट नभएको पनि हुनसक्छ ।

आफ्नो स्मार्टफोनले OTG सपोर्ट गर्छ भन्ने कुरा निश्चित भएपछि तपाईंले युएसबी OTG केबल खरिद गर्नु पर्नेहुन्छ । नेपाली बजारमा OTG केबल नेरु १०० मा नै खरिद गर्न पाइन्छ । तपाईंको स्मार्टफोनको युएसबी  चार्जिंग पोर्ट अनुसारको OTG केबल खरिद गर्नु पर्ने हुन्छ । युएसबी सी र माइक्रो युएसबी बी गरेर दुई थरीका केबलहरू उपलब्ध हुन्छ ।

OTG तार वा अड्याप्टरको सानो माइक्रो युएसबी वा युएसबी सीको भागलाई आफ्नो स्मार्टफोनको चार्जिंग पोर्टमा हाल्नुहोस् । OTG तारको अर्को पट्टि भएको कम्प्युटरमा हुने जस्तै युएसबी पोर्टमा आफ्नो माउस र किबोर्डलाई जोड्नुहोस् । यदी तपाईंको स्मार्टफोनले किबोर्ड र माउस सपोर्ट गर्छ भने, यति मै सजिलैसँग किबोर्ड र माउस प्रयोग गर्न सक्नुहुनेछ ।

उपलब्ध भएका सबै गेम र एपहरूले माउस र किबोर्ड सपोर्ट गर्छन भन्ने हुँदैन । कुनै कुनै एपहरूले सजिलै सपोर्ट गर्छन भने कुनैले गर्दैनन् । अधिकांस डकुमेन्ट समबन्धित एप - जस्तै माइक्रोसफ्ट वर्ड, गुगल डक्स आदिले किबोर्ड र माउस दुवै सपोर्ट गर्छन । दुवै किबोर्ड र माउस एकैपटक प्रयोग गर्नका लागि युएसबी हबको पनि आवश्यकता पर्दछ ।

ब्लुतुथ किबोर्ड र माउसलाई कसरी जडान गर्ने ?

OTG सपोर्ट नगर्ने स्मार्टफोनमा भने ब्लुतुथको किबोर्ड र माउस प्रयोग गर्न सकिन्छ । ब्लुतुथबाट प्रयोग गर्दा माउस र किबोर्ड दुवै एकैपटक प्रयोग गर्न मिल्छ, जुन OTG बाट प्रयोग गर्न मिल्दैन । ब्लुतुथ किबोर्डको सपोर्ट भने आइफोन र आइप्याडमा पनि छ तर तत्कालका लागि आइफोन र आइप्याडले माउस भने सपोर्ट गर्दैनन् ।

१. किबोर्ड वा माउसको ब्लुतुथ अन गर्नुहोस्
२. स्मार्टफोनको ब्लुतुथ अन गरेर ब्लुतुथ सेटिंगमा जानुहोस्
३. त्यहाँ देखाइएका ब्लुतुथ उपकरणहरू मध्ये ब्लुतुथ किबोर्ड वा माउसलाई सेलेक्ट गर्नुहोस् ।
४. उक्त किबोर्ड वा माउससँग पेयर गर्नुहोस्
५. यतिमा किबोर्ड वा माउस प्रयोग गर्न मिल्ने हुन्छ

 

 

यसमा तपाईको मत