अटो विशेष

हिरोका दुई नयाँ प्रिमियम मोटरसाइकल

  नागरिक   2019-09-09

काठमाडौं– नेपालका लागि हिरो मोटरसाइकलको अधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङले हिरोका दुई प्रिमियम मोटरसाइकलहरु–– ‘एक्स्पल्स २००टी’ र दी स्पोर्टी ‘एक्स्ट्रिम २००एस’––को बिक्री सुरु गरेको छ । 
त्यसैगरी, रेट्रो स्टाइलको नयाँ प्लेजर प्लस स्कुटर पनि बजारमा ल्याएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
यी बाइक र स्कुटर नेपालभरका डिलरमा उपलब्ध छन् । कम्पनीका अनुसार एक्स्पल्स २००टीको मूल्य तीन लाख ३२ हजार र एक्स्ट्रिम २००एसको तीन लाख २२ हजार तोकिएको छ । प्लेजर प्लसको एक लाख ८६ हजार रुपैयाँ मूल्य कायम गरिएको कम्पनीले जनाएको छ ।
एक्स्पल्स २००टी
रोमाञ्चक उत्पादनहरु उपलब्ध गराउने क्रममा अझ धेरै ऊर्जाका साथ पेस गरिएको एक्स्पल्स २००टी एक यात्रादायी मोटरसाइकल भएको कम्पनीको भनाइ छ । यसले रेट्रो स्टाइलमा आधुनिक प्रविधि प्रस्तुत गरेको छ । भ्रमणमा जान रुचाउने युवा पुस्तालक्षित एक्स्पल्स २००टी आधुनिक रेट्रो संरचना र सवारी सहजताको सही संयोजन खोजिरहेका युवाका लागि सटिक मोटरसाइकल हुने कम्पनीको भनाइ छ । 
एक्स्पल्स २०० टीमा २०० सिसी सिभी कार्बुरेटर इन्जिन जडान गरिएको छ, जसले १८.४ पिएस शक्ति र १७.१ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकल सुरक्षा र सुविधाजनक गुणका विशेषताले भरिएको बताइएको छ । यसमा एकल च्यानल एबिएस, मोड मोडको परिचालन, एलइडी हेडल्याम्प र टेल ल्याम्प, ब्लुटूथसहितको डिजिटल गति सूचकयन्त्र, टाई प्यवाइन्टयुक्त ठूलो आसन र रबर प्याडहरुको साथमा सामान राख्ने प्लेट रहेका छन् । एक्स्पल्स २००टी चार रङमा उपलब्ध छ ।
एक्स्ट्रिम २०० एस
एक्स्ट्रिम ब्रान्डको पहिलो संस्करणका विशेषता बढाउँदै र अझ स्पोर्टी बनावट थप गरिएको नै नयाँ एक्स्ट्रिम २००एस हो ।
एक्स्ट्रिम २०० एस हाइवेहरुमा हावाबाट राम्रो सुरक्षा दिने र स्पोर्टी स्थितिका लागि वायुको दबाब कम गर्ने सम्पूर्ण नयाँ एरोडायनामिकका साथ बनेको बताइएको छ ।
यसमा १८.४ पिएस शक्ति र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमतायुक्त २०० सिसीको एयर कुल्ड इन्जिन छ । यसका अतिरिक्त यसमा सात तहको मोनो–सक सस्पेन्सन समायोजन गरिएको छ, जसमा सर्वश्रेष्ठ सवारी ह्यान्डलिङ, थप सुरक्षाको लागि एकल च्यानल एबिएसयुक्त २७६ मिमिको अग्र डिस्क र २२० मिमिको पछाडीको ब्रेक प्रणाली छ । 
मोटरसाइकलको स्पोर्टी बनोटमा रौनक थप्न यो बाइक तीन रङमा उपलब्ध रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख ।
प्लेजर प्लस ११०
नयाँ प्लेजर प्लस ११० मा रेट्रो डिजाइन र पर्फर्मेन्ससहितको शक्तिशाली र प्रभावकारी शक्तियुक्त छ । यो स्कुटरमा जडित नयाँ ११० सिसी इन्जिनले ७५०० आरपिएममा ८ बिएचपीको शक्ति प्रदान गर्ने क्षमता राख्छ । यसका अलावा स्कुटरले ५५०० आरपिएममा ८.७ एनएमको अधिकतम असरदार टर्क प्रदान गर्दछ, जसले १०१ केजीको वजनलाई संयोजन गर्दै यात्रालाई मनोरञ्जक बनाइदिन्छ ।
प्लेजर प्लस ११० मा डिजाइन तत्वहरु––नयाँ रेट्रो फ्रन्ट, स्लिक रियर पुच्छ«े बत्ती र दोहोरो विन्यास सिटसहित आधुनिक र पुरातन बनावटको सही सन्तुलन पाउन सकिन्छ ।
चालकको सुविधा र सुरक्षालाई मध्यनजर गरी यसमा युएसबी चार्जरलाई अग्रभागको खल्ती नजिकै सजिलै भेटिने गरी राखिएको छ भने यसमा एलइडी बुट बत्ती, एकीकृत ब्रेक लगाउने प्रणाली र इन्धन तथा साइड स्ट्यान्ड संकेतक सहित नयाँ ब्याक लिट गतिसूचक यन्त्र जस्ता विशेषता छन् ।
 

यसमा तपाईको मत