अटो विशेष

टिभिएसको एनटर्क १२५ रेस एडिसन

  नागरिक   2019-12-26

काठमाडौं– टिभिएस मोटर कम्पनीले नेपालमा एनटर्क १२५ रेस एडिसन सार्वजनिक गरेको छ ।
यो रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको कम्पनीले जनाएको छ । यसमा हजार्ड ल्याम्प अर्थात आकस्मिक बत्ती पनि छ, जुन रातो रंगको हजार्ड स्विचद्वारा इनेबल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेस इडिसन’ले टिभिएसको रेसिङ पेडिग्रीलाई झल्काउँछ । यो स्कुटर शानदार तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रङमा उपलब्ध रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा सार्वजनिक गरेको दिनदेखि नै यसको जेन जेड ग्राहकमाझ निकै लोकप्रिय बन्न पुगेको कम्पनीको दाबी छ । यसको आकर्षक एपिरियन्स र टिभीएस स्मार्ट एक्सकनेक्ट विशेषता बाहेक प्रदर्शन टिभिएस एनटर्क १२५ को हलमार्क बनेको छ । यो स्कुटर टिभिएस रेसिङको ३७ वर्षको समृद्ध पेडिग्रीबाट निर्माण गरिएको र यसलाई मनाउन रेस एडिसन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । 
टिभिएस एनटर्क १२५ को आगमनले नेपालको स्कुटर बजारमा ठूलो परिवर्तन ल्याएको पनि कम्पनीले जनाएको छ । 
यो स्कुटर नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ । यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ । टिभिएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेसल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन् । सन् २०१८ को सेप्टेम्बरमा सार्वजनिक भएको टिभिएस एनटर्क १२५ ले आफ्नो लक्षित ग्राहक–जेन जेडबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको पनि कम्पनीले जनाएको छ । 
 

यसमा तपाईको मत