अटो विशेष

टिभिएस एनटर्क १२५ रेस एडिसन पोखरामा

  नागरिक   2020-01-03

पोखरा– पोखरामा टिभिएस एनटर्क १२५ रेस एडिसन भित्रिएको छ । गण्डकी तथा धौलागिरीका लागि टिभिएस टू ह्विलर्सको आधिकारिक बिक्रेता बतास ब्रदर्स प्रालिले पोखरामा टिभिएस एनटर्क १२५ रेस एडिसन ल्याएको हो । बिहीबार एक कार्यक्रममा नेपाली चलचित्रकी अभिनेतृ स्वस्तिमा खड्का, जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दीपक अग्रवाल र बतास ब्रदर्स प्रालिका कार्यकारी निर्देशक प्रमेश पराजुलीले संयुक्त रुपमा सार्वजनिक गरे ।
नयाँ मोडलमा आएको यो स्कुटरमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रङमा उपलब्ध यो स्कुटरमा हजार्ड ल्याम्प अर्थात आकस्मिक बत्ती रहेको छ भने भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेसिङ पेडिग्री झल्काउने ‘रेस एडिसन’ पनि स्कुटरको प्रमुख विशेषता हो ।
स्पोर्टी ब्लुटुथ कनेक्टेड टिभिएस एनटर्क १२५ सिसीको स्कुटर हो । यो माइलेज, स्टाइल र प्रविधिका लागि प्रख्यात छ । यसमा स्टेट अफ आर्ट सिभिटिआई–आरइभिभी १२४.७९ सिसी, सिंगल सिलिन्डर, फोर स्ट्रोक, ३ भल्भ, एयर कुल्ड इन्जिन रहेको जनाइएको छ ।
कार्यक्रममा टिभीएस एनटर्क १२५ की ब्रान्ड एम्बासेडरसमेत रहेकी अभिनेतृ खड्काले ४० ग्राहकलाई यसको साँचो हस्तान्तरण गरिन् ।
 

यसमा तपाईको मत