अटो विशेष

उत्कृष्ट खेलाडीलाई टिभिएस अपाचे

  नागरिक   2020-01-02

कास्की– पिपिएल एक प्रायोजक टिभिएस अपाचेले प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीलाई टिभिएस अपाचे बाइक पुरस्कार दिएको छ । प्रतियोगितामा उत्कृष्ट साबित तीन क्रिकेट खेलाडीलाई उक्त पुरस्कार प्रदान गरेको नेपालका लागि टिभिएसको अधिकृत वितरक जगदम्बा मोटर्सले जनाएको छ ।
कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले पुरस्कारको बाइक सम्बद्ध खेलाडीलाई प्रदान गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, म्यान अफ दी सिरिज रोहन मुस्तफा र उत्कृष्ट बलर करण केसीलाई टिभिएस अपाचे आरटिआर २०० फोरभी, अपाचे १६० फोरम र अपाचे १६० टुभी हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
पोखरामा सम्पन्न पिपिएल प्रतियोगिताको दोस्रो संस्करणमा टिभिएस अपाचे बाइक पावर्डतर्फको प्रायोजक रहेको कम्पनीले उल्लेख गरेको छ । 
 

यसमा तपाईको मत