अटो विशेष

बानेश्वरमा टिभिएस मोटर्सपार्ट्स सोरुम

  नागरिक   2021-10-07

टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले पुरानो बानेश्वर ओरालोमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ।

बुधबार एक कार्यक्रमबीच सोरुमको जगदम्बा मोटर्सका भाइस पे्रसिडेन्ट दीपककुमार अग्रवाल र बौद्ध धर्मगुरु टासी वाङदेनले संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।

कार्यक्रमा जगदम्बा मोटर्सका भाइस पे्रसिडेन्ट अग्रवालले टिभिएसले मुलुकका विभिन्न भागमा मोटर्सपार्ट तथा वर्कसपमार्फत सेवा दिँदै आएको जनाएका छन्।

भाइरस प्रेसिडेन्ट अग्रवालले सोरुमले गुणस्तरीय सेवा दिँदै जनताको मन जित्दै अघि बढ्ने दाबी गरे। सोरुम सञ्चालक सुनदोर्जे लामाले कम्पनीको साथ, सहयोग र हौसलाकै कारणले आफू यो स्थानमा आएको बताए। 

यसमा तपाईको मत