ग्याजेट विशेष

टेलिटक प्राइभेट लिमिटेड नेपालको आधिकारिक केयर सेन्टर

  नागरिक   2021-09-07

नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्राइभेट लिमिटेडले नोकिया फोन केयर सेन्टर सुचारु गरेको छ।

ग्राहकबाट नोकिया उत्पादनहरूको बढ्दो मागले कम्पनीलाई वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर खोल्न प्रेरित गरेको कम्पनीले जनाएको छ। ताम्राकार कम्प्लेक्समा खोलिएको उक्त सेन्टरबाट अब ग्राहकहरूले आफ्नो स्मार्टफोनको मर्मतसम्बन्धी समस्यालाई सेवा केन्द्रबाट समाधान गर्न सक्नेछन्।

स्मार्टफोन क्याटागोरीमा भर्खरै लञ्च गरिएका नोकियाजी १०, नोकियाजी २० र नोकिया सी २० फोनहरू किफायती मूल्यमा अत्याधुनिक सुविधाहरूसँंग उपलब्ध भएका छन्। साथै फिचर फोनहरू जस्तै नोकिया ५३१०, नोकिया ३३१०, नोकिया १५० र अन्यफोन सूपथ मूल्यमा आउनुका साथै सजिलै देशभरिमा उपलब्ध रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाईको मत