ग्याजेट विशेष

ट्रम्पलाई नयाँ आइफोनको यो फिचर मन परेन !

  नागरिक   2019-10-28

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ आइफोनको स्वाइप गरेर आइफोनलाई नियन्त्रण गर्ने फिचर मन परेको छैन ।

ट्रम्पले एक ट्वीट मार्फत नयाँ आइफोनमा होम बटन नभएको कुरा आफूलाई मन नपरेको बताएका छन् ।

एप्पलका मुख्य कार्यकारी अधिकारी ( CEO ) टिम कुकका लागि लक्षित गरेर लेखिएको उक्त ट्वीटबाट ट्रम्पले स्वाइप गरेरभन्दा होम बटनबाट आइफोनलाई नियन्त्रण गर्न सजिलो हुने सुझाव दिएका छन् ।

डोनाल्ड ट्रम्पले पुरानो आइफोन XS का मोडलहरू प्रयोग गर्दै छन् कि नयाँ आइफोन ११ प्रयोग गर्दै छन् भन्ने कुरा ट्वीटबाट प्रष्ट भएको चाँही छैन ।

आइफोन ८ पछिका कुनै पनि मोडलहरूमा होम बटनहरू राखिएको छैन । स्क्रिनको बेजल घटाउने र डिस्प्लेको सरदर साइज बढाउनका लागि एप्पलले होम बटन हटाएको हो ।

सन् २०१७ मा ट्रम्पले एन्ड्रोइड स्मार्टफोनबाट आइफोनमा स्विच गरेका थिए । सो समयमा ट्रम्पले कुन आइफोन प्रयोग गरे भन्ने कुराको केही जानकारी थिएन । ट्रम्पले हालै आइफोन दश ( iPhone X ) वा नयाँ आइफोनहरू प्रयोग गरेको हुनुपर्छ किन कि यी आइफोनहरूमा होम बटन छैन ।

 

 

यसमा तपाईको मत