अटो विशेष

टोयोटा हाइब्रिडका सवारी लन्च

  नागरिक   2019-08-28

काठमाडौं–  नेपालका लागि टोयोटा मोटर्सको एकमात्र आधिकृत वितरकले भृकुटीमण्डपमा जारी नाडा अटो सो २०१९ मा दुईवटा हाइब्रिड मोडल र्याभ फोहाइब्रिड र क्याम्री हाइब्रिडका साथ र्याभ फो ग्यासोलिन लन्च गरेको छ । 
टोयोटा हाइब्रिडका सवारी लन्च गर्ने यो नै पहिलो अटोमोबाइल कम्पनी हो । दुईवटा पावर ट्रेन इन्टरनल कम्बस्टन इन्जिन र इलेक्ट्रिक मोटरको सम्मिश्रण भएको हाइब्रिडले अधिकतम शक्ति दिनुका साथै न्यूनतम इन्धन खपत गरी थोरै धुँवा फाल्ने गर्छ । हाइब्रिड साइनर्जी ड्राइभ टेक्नोलोजी भएको यस सवारीमा स्वचालित रुपमा ग्यास र इलेक्ट्रिक पावर समयअनुसार बदलिन्छ । इन्टरनल कम्बस्टन इन्जिन र रिजेनेरेटिभ ब्रेकिङको सहयोगमा चार्ज हुने यस सवारीको ब्याट्री लाइफ १५ वर्ष रहेको बताइएको छ । हाइब्रिडका गाडीमा तीन थप मोडहरु उपलब्ध छन् । स इभी मोडमा ब्याट्री मात्र खपत भई शून्य इमिसन हुन्छ । इको मोडले एरसी आउटपुट कम गरी थ्रोटल गतिवद्रघन प्रतिक्रिया सीमित गर्दछ भने स्पोर्ट मोडले हाइब्रिड ब्याट्रीको सहयोगमा गतिवद्रघन बुस्ट गरी पेट्रोल इन्जिनलाई मद्दत गर्छ ।
नयाँ ¥याभ फो हाइब्रिडको चाखलाग्दो विशेषता नै साधारण ड्राइभिङमा यसले २४ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । आठवटा एअर ब्याग भएको यो गाडीमा तीनवटा ड्राइभिङ मोड स इको मोड, स्पोर्ट मोड र इभी मोड छन् । ब्याट्रीको लागि प्लग्ड–इन आवश्यकता नभएको यस सवारीमा भेइकल इस्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टमका साथ,  एन्टी लक ब्रेकिङ सिस्टम, इमर्जेन्सी सिग्नल सिस्टम छ । यसमा हिल स्टार्ट असिस्ट कन्ट्रोल पनि छ । बजारमा यो गाडीको मूल्य एक करोड ३४ लाख रुपैयाँ तोकिएको छ ।  
यसैगरी, नयाँ क्याम्री हाइब्रिडले २३ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । नौवटा एअर ब्याग भएको यस गाडीमा पनि तीन ड्राइभिङ मोड–– स–इको मोड, स्पोर्ट मोड र इभी मोड–– छन् । यसमा पनि ब्याट्रीको प्लग्ड इन आवश्यक पर्दैन । बजारमा यस सवारीको मूल्य एक करोड ३१ लाख रुपैयाँ रहेको छ ।  


 

यसमा तपाईको मत