ग्याजेट विशेष

टिकटक प्रेमीलाई टिकटकको आफ्नै स्मार्टफोन - यस्ता छन् विशेषता !

  नागरिक   2019-11-04

अहिलेको निकै प्रचलित सामाजिक संजाल टिकटक निर्माण गर्ने कम्पनीले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । टिकटकको स्वामित्व बोकेको बाइटडान्सले केही महिना अगाडी नै स्मार्टफोन बजारमा प्रवेश गर्ने कुराको जानकारी प्रदान गरेको थियो ।

टिकटक निर्माता बाइटडान्सको पहिलो स्मार्टफोनको नाम स्मार्टिसान जियांगो प्रो ३ Smartisan Jianguo Pro 3 रहेको छ ।

यस स्मार्टफोनमा हाल एन्ड्रोइड बजारमा उपलब्ध सबैभन्दा शक्तिशाली प्रोसेसर अर्थात् क्वालकम स्नापड्रागन ८५५ प्लस राखिएको छ । यो प्रोसेसरलाई साथ दिनका लागि १२ जीबी र्याम राखिएको छ । यसै गरेर यो स्मार्टफोनमा २५६ जीबी सम्मको आन्तरिक स्टोरेज हुनेछ । यो स्मार्टफोन ८ जीबी र्याम र १२८ जीबी स्टोरेज मोडलमा पनि उपलब्ध हुने बताइएको छ । अगाडी ६.३९ इन्चको फुलएचडी रेजोलुसनको एमोलेड प्रविधिको डिस्प्ले राखिएको छ । उक्त डिस्प्लेको रेजोलुसन 1080×2340 रहेको छ ।

स्पिड र परफरमेन्ससँगै यो स्मार्टफोनको क्यामरा सेटअप पनि राम्रो रहेको छ । पछाडी चारवटा क्यामराहरू राखिएको छ जसमध्ये एउटा ४८ मेगपिक्सलको सेन्सर रहेको छ । अन्य तीनवटा क्यामरामा १३ मेगापिक्सलको वाइड एंगल लेन्स, ८ मेगापिक्सलको जुम लेन्स र ५ मेगापिक्सलको म्याक्रो लेन्स रहेको छ ।

सेल्फी खिच्न र टिकटक भिडियो बनाउन रुचाउनेका लागि भनेर नै अगाडी २० मेगापिक्सलको सेल्फी क्यामरा राखिएको छ । उक्त क्यामरा भने अगाडी रहेको सानो नचमा समावेश गरिएको छ ।

यी सबै चलाउनका लागि ४००० mAh को ब्याट्री राखिएको छ जसलाई चार्ज गर्नलाई १८ वाटको फास्ट चार्जर समावेश गरिने छ ।

यस स्मार्टफोनको मूल्य लगभग ४१० अमेरिकी डलर देखि ५०९ अमेरिकी डलरसम्म पर्ने छ - ८ जीबी र्याम र १२८ जीबी र्याम भएको मोडललाई सबैभन्दा कम मूल्यमा खरिद गर्न सकिने छ भने १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको मोडल खरिद गर्नलाई सबैभन्दा धेरै खर्च गर्नु पर्ने हुन्छ ।

स्रोत: MSPowerUser

 

यसमा तपाईको मत