अटो विशेष

पल्सर एनएस २०० अब एबिएसमा

  नागरिक   2019-11-07

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ ब्रेकिङ सिस्टम (एबिएस) ल्याएको छ ।
एन्टी–लकिङ ब्रेकिङ सिस्टम दुईपांग्रे सवारी साधनको सडक सुरक्षाका लागि निकै महŒवपूर्ण बन्दै गइरहेको कम्पनीले जनाएको छ । एबिएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्ने सजिलो हुने कम्पनीको दाबी छ । 
एबिएसले ब्रेकिङ दुरी कम गर्ने र जोखिमपूर्ण सडक वा आपतकालीन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत सवारी बाइक चिप्लनबाट जोगाउने हुँदा यसले सवारी साधनले सधैं सुरक्षित बनाउने कम्पनीको भनाइ छ । यसले ब्रेक लगाउन पनि मद्दत गर्छ । यसले सवारी चलाउने क्रममा चोटपटक लाग्न सक्ने सम्भावना न्यून गर्ने तथा बाइकको स्थिरता बढाउने कम्पनीले जनाएको छ ।
एबिएस भएको पल्सर एनएस २०० को सुरुवाती मूल्य तीन लाख ३४ हजार नौ सय तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत