अटो विशेष

टाटाको मोटर्स कार्निभलमा गाडी किन्न आउदा उपहार तथा विदेश घुम्ने अवसर

    2019-08-02

काठमाण्डौ – टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले टाटा मोटर्स कार्निभल सुरु गरेको छ ।

थापाथलीमा सुरु भएको कार्निभलमा ग्राहकले गाडी खरिद र सट्टापट्टा गरेवापत लक्की ड्र अनुसार बिभिन्न आकर्षक उपहार पाउन सक्ने मार्केटिंग टिम लिडर प्रशन्न पन्तले बताए।

कम्पनीले लक्की ड्र अन्तर्गत बिजेतालाई बैंकक भ्रमण, सामसुङको ३२ इन्च टेलिभिजन, हुवावेको स्मार्ट फोन, दक्षिणकाली भिलेज रिसोर्टमा नाइट स्टे लगायत आकर्षक उपहार योजना राखेको जनाएको छ ।  हरेक टेष्ट ड्राइभमा दुईवटा फ्रि मुभी टिकट र हरेक गाडी खरिदमा १० हजार रुपैयाँको सरप्राइज गिफ्ट समेत दिनेछ।

मेलामा ग्राहकले टाटाको गाडी खरिद तथा सटही गर्न सक्नुका साथै खेल, नृत्य, जादु, खाना लगायतको रमाइलो लिन सक्ने पन्तले जनाएको छ।

मेला आइतबारसम्म चल्नेछ। १५ सयभन्दा बढी दर्शकहरुको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रममा ६० वटा गाडी बिक्री हुने अनुमान उनले बताए।
 

यसमा तपाईको मत